भारतमा १० अर्ब डलर लगानी गर्दै गुगल « Khabarhub

भारतमा १० अर्ब डलर लगानी गर्दै गुगल


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी प्रबिधी कम्पनी गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने तयारी गरेको छ ।

गुगल र अल्फावेटका सीईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ नामक भर्चुअल कार्यक्रममार्फत यसअघि घोषणा गरिएको १० अर्ब डलरको लगानी कार्यान्वयन चरणमा लैजाने तयारी भएको जानकारी दिएका हुन् ।

भारतमा संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न लागिएको हो । उनले भारतको डिजिटल अर्थतन्त्रलाई बढावा दिन यो लगानीसहितको योजना अघि सारिएको बताएका छन् ।

आगामी पाँचदेखि सात वर्षमा भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने गुगलको उक्त घोषणा ‘गुगल फर इन्डिया डिजिटाइजेसन’ फन्ड अन्तर्गत गरिने बताइएको छ ।

चीनले गुगललाई प्रतिबन्ध लगाएपछि विश्वको ठूलो अर्थव्यवस्था भएका मुलुकहरू मध्येको एक भारतमा गुगलले लगानी गर्न लागेको हो । भारतमा ५० करोडभन्दा बढी सक्रिय इन्टरनेट प्रयोगकर्ताहरु रहेको बताइन्छ।

सन् २०१५ मा पहिलोपटक गुगल फर इन्डिया कार्यक्रमको आयोजना गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको छ । सोही कार्यक्रम अन्तर्गत सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पिचाईसँग छलफल गरेका थिए ।

यसअघि अमेजनका सीईओ जेफ बेजोसले भारत भ्रमणका क्रममा एक अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ०० बजे

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट