कम्मरमा कसिलो पेटी बाँध्दा निम्तने खतरा « Khabarhub

कम्मरमा कसिलो पेटी बाँध्दा निम्तने खतरा


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्यालयमा काम गर्नेहरु हुन् वा शैक्षिक संस्थामा अध्ययन गर्नेहरु अधिकाशं मानिस पेन्ट सर्टसँग बेल्ट अर्थात पेटी बाध्ने गर्दछन् ।

अझ पुरुषहरुमा पेटी बाध्ने बानि हुन्छ । पेटीले पेन्टलाई कम्मरको ठीक ठाउँमा रहन मद्दत पुर्याउँछ भने सर्टलाई समेत पेन्टबाट बाहिर निस्किन दिदैन । तर कतिपय अवस्थामा भने पेटी बाध्ने बानि हानिकार हुनसक्छ ।

अक्सर पेटी बाध्नेहरु कम्मरमा टाइट (कसिलो) पेटी बाध्ने गर्दछन् । यस्तोमा कम्मरको नसा च्यापिनुको साथै अन्य स्वास्थ्य समस्या पनि उत्पन्न गराउँछ ।

कम्मरमा कसिलो पेटी बाध्दा निम्न समस्या देखा पर्दछन् :

१. गर्भवती महिलाले भुलेर पनि कसिलो बेल्ट लगाउनु हुदैन, अन्यथा गर्भ खेर जान सक्छ ।
२. कसिलो पेटी लगाउँदा शरीरमा राम्रोसंग रक्त सञ्चार हुन पाउदैन ।
३. कसिलो पेटीको डाम रहदाँ यसले चिलाउने समस्या निम्त्याउने गर्दछ ।
४. लामो समय कसिलो पेटी बाध्दा पेल्भिक क्षेत्रमा दबाब पर्दछ र स्पर्मको संख्या घटाउँछ ।
५. कसिलो पेटी बाध्दा कालान्तरमा सन्तान उत्पादन क्षमतामा प्रभाव पर्दछ ।
६. लामो समय कसिलो पेटी बाध्दा खाना राम्ररी पच्न पाउँदैन ।
७. कसिलो पेटी बाध्दा कब्जियतको समस्या हुने गर्दछ ।
८. यस्तो बानीले खुट्टाको हड्डि कमजोर पार्दछ ।
९. कसिलो पेटी बाध्दा खुट्टा सुन्निने समस्या देखा पर्दछ ।
१०. अधिकाशं मानिसमा यस बानिले कम्मर दुख्ने समस्या निम्त्याउँछ ।
११. कतिपय अवस्थामा यस्तो बानीले एसिडिटीको समस्या पनि गराउँछ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : १७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको