विश्वभर एकैदिन अहिलेसम्मकै धेरै २ लाख ३७ हजारमा कोरोना संक्रमण : डब्ल्युएचओ « Khabarhub

विश्वभर एकैदिन अहिलेसम्मकै धेरै २ लाख ३७ हजारमा कोरोना संक्रमण : डब्ल्युएचओ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्कै सबैभन्दा धेरै २ लाख ३७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

डब्ल्युएचओलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित भएका छन् ।

थपिएका संक्रमितमध्ये धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेका छन्। यसअघि जुलाई १२ मा सबैभन्दा धेरै १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए।

डब्ल्युएचओका अनुसार विश्वमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४० लाख हाराहारी पुगेको छ ५ लाख ९० हजारभन्दा बढीको भएको छ ।

तर, कोरोना भाइरसकै तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले भने विश्वभर संक्रमितको संख्या १ करोड ४१ लाखभन्दा बढी देखाएको छ भने ५ लाख ९९ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : २९ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात