नवलपरासीमा थपिए ९ वटा अस्थायी प्रहरी पोष्ट « Khabarhub

नवलपरासीमा थपिए ९ वटा अस्थायी प्रहरी पोष्ट


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– सीमा सुरक्षा लगायत जिल्लाको शान्ति सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले विभिन्न स्थानमा ९ वटा अस्थायी प्रहरी पोष्ट थप गरेको छ ।

प्रहरीले पूर्व पश्चिम राजमार्गको सुनवल ज्यामिरे, बर्दघाटको टीसीएन चोक, रामग्राम नगरपालिकाको बुद्धचोक, निलो गेट, भूमही–भैरहवा सडकखण्डको वाईपास रोड, हकुई, सेतोपुल, पोखरापाली र हरपुरमा नयाँ पोस्ट थप गरेको हो ।

भारतीय सीमा क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रणका लागि नयाँ पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए ।

लकडाउन सुरु भएयता जेठ र असार महिनामा भारतबाट चोरी गरेर ल्याएका २८ लाख बराबरका सामान पक्राउ गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ५ : २२ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती