नागरिक अधिकारका अगुवा अमेरिकी सांसद लेविसको निधन | Khabarhub Khabarhub

नागरिक अधिकारका अगुवा अमेरिकी सांसद लेविसको निधन


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ।

नागरिक अधिकारको लडाइँका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने लेविसको ८० बर्षको उमेरमा निधन भएको हो।

उनको गत शुक्रबार निधन भएको अमेरिकाका सभामुख नान्सी पेलोसीले पुष्टि गरेको समाचारमा जनाइएको छ। सभामुख पेलोसीले स्वर्गीय लेविसलाई नागरिक अधिकारका लागि लडेको असाधारण व्यक्तिको रुपमा स्मरण गरेका छन्।

उनीप्रति समवेदना व्यक्त गर्दै सभामुख पेलोसीले उनलाई राष्ट्रले सधैं सम्झिरहने र आदर गरिरहने पनि विश्वास व्यक्त गरेका छन्। शुक्रबार राति उनले शोक वक्तव्य प्रकाशित गर्दै आफ्नो अति नै आदरणीय र प्रिय व्यक्तिलाई गुमाउनु पर्दा दुःख लागेको उल्लेख गरेका छन्।

उनलाई गत सन् २०१९ को डिसेम्बर महिनामा पाचन ग्रन्थीमा क्यान्सर भएको पत्ता लागेको थियो। उनको उपचारकै क्रममा निधन भएको हो। उनको सन् १९४० मा अलाबामा भन्ने ठाउँमा सामान्य किसान परिवारमा जन्म भएको थियो।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : १० बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज