नागरिक अधिकारका अगुवा अमेरिकी सांसद लेविसको निधन « Khabarhub

नागरिक अधिकारका अगुवा अमेरिकी सांसद लेविसको निधन


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ।

नागरिक अधिकारको लडाइँका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने लेविसको ८० बर्षको उमेरमा निधन भएको हो।

उनको गत शुक्रबार निधन भएको अमेरिकाका सभामुख नान्सी पेलोसीले पुष्टि गरेको समाचारमा जनाइएको छ। सभामुख पेलोसीले स्वर्गीय लेविसलाई नागरिक अधिकारका लागि लडेको असाधारण व्यक्तिको रुपमा स्मरण गरेका छन्।

उनीप्रति समवेदना व्यक्त गर्दै सभामुख पेलोसीले उनलाई राष्ट्रले सधैं सम्झिरहने र आदर गरिरहने पनि विश्वास व्यक्त गरेका छन्। शुक्रबार राति उनले शोक वक्तव्य प्रकाशित गर्दै आफ्नो अति नै आदरणीय र प्रिय व्यक्तिलाई गुमाउनु पर्दा दुःख लागेको उल्लेख गरेका छन्।

उनलाई गत सन् २०१९ को डिसेम्बर महिनामा पाचन ग्रन्थीमा क्यान्सर भएको पत्ता लागेको थियो। उनको उपचारकै क्रममा निधन भएको हो। उनको सन् १९४० मा अलाबामा भन्ने ठाउँमा सामान्य किसान परिवारमा जन्म भएको थियो।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : १० बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै