नक्कली नोटसहित तीन जना पक्राउ « Khabarhub

नक्कली नोटसहित तीन जना पक्राउ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- नक्कली नोटसहित बाराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बाराको महागढीमाई नगरपालिका २ बरियारपुर चोकबाट शनिबार प्रहरीले १५ लाख ३९ हजार नेपाली नक्कली रुपैयाँ र एक लाख ७७ हजार भारतीय नक्कली नोटसहित तीन जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय रहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा बारा आर्दशाकोटवाल गा.पा. वडा नं. ६ पटेर्वाका ३० वर्षीय नरेन्द्रप्रसाद कुशवा, सिम्रौनगढ नगरपालिका ५ का २६ वर्षीय मनोजकुमार साह र भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया १० का २५ वर्षीय सुधिरकुमार कुशवाहा रहेका छन् ।

ना. ५४ प. ३८०५ नं. को मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जनाको साथाबाट भारतीय र नेपाली नक्कली रुपैयाँ बरामद गरिएको घटनाका विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : २२ बजे

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा