यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद « Khabarhub

यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – साथीको छोरीलाई यौन दुर्व्यवहारको गरेको आरोपमा बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ ।

बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ ।

राईले आफ्नो साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन् ।

गत वर्षको १९ जुलाइमा आफ्ना बच्चाहरू स्थानीय रेल स्टेशनबाट घर ल्याउने क्रममा १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि उनले साथमा ल्याएका थिए ।

सो क्रममा उनले ती बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लगेको थियो । बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन् ।

घटना योजनाबद्ध नभए पनि राईले गरेको काममा खराब नियत देखिएको न्यायाधीशले उल्लेख गरेका छन् । – रासस ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : ४६ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले