कोरोनाले थलिएको घान्द्रुक गाउँ « Khabarhub

कोरोनाले थलिएको घान्द्रुक गाउँ



पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुक यतिबेला विश्वब्यापी महामारीको रुपमा फैलिएको कारोना संक्रमणको कारण थलिएको छ ।

माछापुछ्रे, अन्नपूर्ण, हिमचुली हिमालको काखमा रहेको घान्द्रुक पछिल्लो समय पर्यटन ब्यवसायमा निर्भर हुँदै आएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा आवद्ध भएसँगै घान्द्रुकबासी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत गर्न तल्लिन थियो ।

दक्षिण एशियाकै नमूना तथा नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा चिनिएको लमजुङ्को घलेगाउँको समदुरीमा आउने तरखर गरेको घान्द्रुक यतिबेला कोरोना संक्रमणका कारण पर्यटन ब्यवसाय थला परेसँगै थलिएको छ ।

कोरोना संक्रमणको अझै फैलिदै गएकाले तत्काल पर्यटकका लागि खुला नगर्ने सोंचमा छन् । घान्द्रुक पर्यटन समितिले अरु एक महिना पर्यटकका लागि खुला नगर्ने निर्णय गरेको छ । तत्काल होटल पर्यटकका लागि खुला नगर्ने र आफूहरु पनि बाहिर नजाने निर्णय भएको स्थानीय फोर सिजन होटलका सञ्चालक हितु क्षेत्रीले बताए ।

यद्यपी यहाँका होटल सञ्चालकहरु भने स्वास्थ्य ठीक भएपछि सबै ठीक हुनेमा ढुक्क छन् । दुई वर्षअघि भेट्दा हितु जसरी खुशी देखिन्थे, अहिले पनि बेखुशी देखिदैनन् । ‘संक्रमण कम भयो र परिस्थिति बन्यो भने असोजदेखि खुला गर्छौं होला,’ उनले भने ।

अधिकांश गुरुङ समुदायको बसोबास गरेको घान्द्रुक भएर नै म्याग्दीको घोरेपानीको पदयात्रा गर्न सकिन्छ । त्यसैले पनि घान्द्रुकबासीले पर्यटकहरुलाई स्वागत सत्कार गर्न पाएका थिए ।

घोरेपानी–पुनहिल पदयात्रा तथा उत्तरमा अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा पनि घान्द्रुकबाट नै गर्न सकिन्छ । पुरानो शैलीको बाग्लो बस्ती, ढुंगाको स्लेटको छानो र ढुंगाकै स्लेटको आँगन यहाँको विशेषता हो ।

ग्रामीण पर्यटनका रुपमा विकाश हुँदै गएको घान्द्रुकमा आउने आन्तरिक वा बाह्य पर्यटकलाई सांस्कृति कार्यक्रम गरी स्वागत गर्दछन् ।

नयाँ पुलबाट बीरेठाँटी बजार हुँदै १० किलोमिटरको दुरी किम्चेसम्म बस चढेर गएपछि त्यहाँबाट झण्डै डेड घण्टाको पैदल यात्रामा घान्द्रुक पुग्न सकिन्छ ।

तीन दर्जन भन्दा बढी सुविधासम्पन्न होटलहरु रहेको घान्द्रुकको अर्को विशेषता भनेको होमस्टे (घरबास) हो । यहाँका होटल तथा होमस्टेबाटै देखिने सेता हिमालले जोकोहीको मन लोभ्याउँछ ।

घरबास कार्यक्रमका कारण यहाँ आन्तरिक पर्यटकहरुको पनि भिड बढ्दै गएपछि खेती किसानी गर्ने घान्द्रुकका बासिन्दा खेती किसानी छाडेर पर्यटकको स्वागत सत्कारका तल्लिन हुँदै आएका थिए । तर गत चैतदेखि कोरोना कहरले गर्दा पर्यटन ब्यवसाय ठप्प भएपछि घरबास कार्यक्रम सञ्चालन गर्दै आएका अधिकांश घान्द्रुकबासी पुनः खेतीपातीमा जोडिन थालेका छन् ।

गुरुङ संग्राहलय आकर्षणको केन्द्र

घान्द्रुकमा रहेको गुरुङ संग्राहलय पर्यटक अर्को आकर्षणको केन्द्र हो । गुरुङ समुदायको लोपोन्मुख काठ तथा चोयाका कलात्मक बस्तुहरु संग्रालयमा देख्न सकिन्छ ।

पर्यटकहरुलाई शुल्क लिएर संग्राहलय देखाउने भएकाले पनि गुरुङ पहिचारको प्रचार मात्र नभई आम्दानीको स्रोत पनि भएको छ । यहाँ आउने जो कोहीले पनि गुरुङ पोशाक लगाएर फोटो खिच्ने गर्दछन् । आन्तरिक तथा बाह्य पर्यटकहरु गुरुङ पोशाक तथा गहनाहरु लगाएर फोटो खिच्ने भिड नै लाग्ने गर्दछ ।

सक्रिय आमा समूह

घान्द्रुकमा टोल टोलमा आमा समुहहरु सक्रिय छन् भने एउटा मुल आमा समूह रहेको छ । आमा समूहले गाउँमा अतिथि सत्कार, शुभकार्यहरुमा नाचगान गरेर आर्थिक संकलन गर्ने गरेका छन् भने स्थानीय विकास निर्माणको काममा पनि सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १० : ०१ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा