कोरोनाले थलिएको घान्द्रुक गाउँ « Khabarhub

कोरोनाले थलिएको घान्द्रुक गाउँ



पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुक यतिबेला विश्वब्यापी महामारीको रुपमा फैलिएको कारोना संक्रमणको कारण थलिएको छ ।

माछापुछ्रे, अन्नपूर्ण, हिमचुली हिमालको काखमा रहेको घान्द्रुक पछिल्लो समय पर्यटन ब्यवसायमा निर्भर हुँदै आएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा आवद्ध भएसँगै घान्द्रुकबासी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत गर्न तल्लिन थियो ।

दक्षिण एशियाकै नमूना तथा नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा चिनिएको लमजुङ्को घलेगाउँको समदुरीमा आउने तरखर गरेको घान्द्रुक यतिबेला कोरोना संक्रमणका कारण पर्यटन ब्यवसाय थला परेसँगै थलिएको छ ।

कोरोना संक्रमणको अझै फैलिदै गएकाले तत्काल पर्यटकका लागि खुला नगर्ने सोंचमा छन् । घान्द्रुक पर्यटन समितिले अरु एक महिना पर्यटकका लागि खुला नगर्ने निर्णय गरेको छ । तत्काल होटल पर्यटकका लागि खुला नगर्ने र आफूहरु पनि बाहिर नजाने निर्णय भएको स्थानीय फोर सिजन होटलका सञ्चालक हितु क्षेत्रीले बताए ।

यद्यपी यहाँका होटल सञ्चालकहरु भने स्वास्थ्य ठीक भएपछि सबै ठीक हुनेमा ढुक्क छन् । दुई वर्षअघि भेट्दा हितु जसरी खुशी देखिन्थे, अहिले पनि बेखुशी देखिदैनन् । ‘संक्रमण कम भयो र परिस्थिति बन्यो भने असोजदेखि खुला गर्छौं होला,’ उनले भने ।

अधिकांश गुरुङ समुदायको बसोबास गरेको घान्द्रुक भएर नै म्याग्दीको घोरेपानीको पदयात्रा गर्न सकिन्छ । त्यसैले पनि घान्द्रुकबासीले पर्यटकहरुलाई स्वागत सत्कार गर्न पाएका थिए ।

घोरेपानी–पुनहिल पदयात्रा तथा उत्तरमा अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा पनि घान्द्रुकबाट नै गर्न सकिन्छ । पुरानो शैलीको बाग्लो बस्ती, ढुंगाको स्लेटको छानो र ढुंगाकै स्लेटको आँगन यहाँको विशेषता हो ।

ग्रामीण पर्यटनका रुपमा विकाश हुँदै गएको घान्द्रुकमा आउने आन्तरिक वा बाह्य पर्यटकलाई सांस्कृति कार्यक्रम गरी स्वागत गर्दछन् ।

नयाँ पुलबाट बीरेठाँटी बजार हुँदै १० किलोमिटरको दुरी किम्चेसम्म बस चढेर गएपछि त्यहाँबाट झण्डै डेड घण्टाको पैदल यात्रामा घान्द्रुक पुग्न सकिन्छ ।

तीन दर्जन भन्दा बढी सुविधासम्पन्न होटलहरु रहेको घान्द्रुकको अर्को विशेषता भनेको होमस्टे (घरबास) हो । यहाँका होटल तथा होमस्टेबाटै देखिने सेता हिमालले जोकोहीको मन लोभ्याउँछ ।

घरबास कार्यक्रमका कारण यहाँ आन्तरिक पर्यटकहरुको पनि भिड बढ्दै गएपछि खेती किसानी गर्ने घान्द्रुकका बासिन्दा खेती किसानी छाडेर पर्यटकको स्वागत सत्कारका तल्लिन हुँदै आएका थिए । तर गत चैतदेखि कोरोना कहरले गर्दा पर्यटन ब्यवसाय ठप्प भएपछि घरबास कार्यक्रम सञ्चालन गर्दै आएका अधिकांश घान्द्रुकबासी पुनः खेतीपातीमा जोडिन थालेका छन् ।

गुरुङ संग्राहलय आकर्षणको केन्द्र

घान्द्रुकमा रहेको गुरुङ संग्राहलय पर्यटक अर्को आकर्षणको केन्द्र हो । गुरुङ समुदायको लोपोन्मुख काठ तथा चोयाका कलात्मक बस्तुहरु संग्रालयमा देख्न सकिन्छ ।

पर्यटकहरुलाई शुल्क लिएर संग्राहलय देखाउने भएकाले पनि गुरुङ पहिचारको प्रचार मात्र नभई आम्दानीको स्रोत पनि भएको छ । यहाँ आउने जो कोहीले पनि गुरुङ पोशाक लगाएर फोटो खिच्ने गर्दछन् । आन्तरिक तथा बाह्य पर्यटकहरु गुरुङ पोशाक तथा गहनाहरु लगाएर फोटो खिच्ने भिड नै लाग्ने गर्दछ ।

सक्रिय आमा समूह

घान्द्रुकमा टोल टोलमा आमा समुहहरु सक्रिय छन् भने एउटा मुल आमा समूह रहेको छ । आमा समूहले गाउँमा अतिथि सत्कार, शुभकार्यहरुमा नाचगान गरेर आर्थिक संकलन गर्ने गरेका छन् भने स्थानीय विकास निर्माणको काममा पनि सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १० : ०१ बजे

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश