फेसबुक लाइभमा सोनिकाको आक्रोश, कारण के ? « Khabarhub

फेसबुक लाइभमा सोनिकाको आक्रोश, कारण के ?


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा भिजे सोनिका रोकाया पटक–पटक विवादमा आउने गर्छिन् । कहिले अन्तर्वार्ताका कारण त कहिले पूर्वयुवराज पारससँगको निकटताका कारण उनी चर्चामा आइन् ।

सोनिकाले हालै सामाजिक सञ्जालमा लाइभ आएर अश्लील शब्द प्रयोग गर्दै आफ्नो आवेग प्रस्तुत गरेकी छिन् ।

उनले लाइभमा आएर नेपाली र अङ्ग्रेजी भाषामा अश्लील शब्द प्रयोग गर्दै राम गौतम नामक व्यक्तिलाई धम्क्याएकी छिन् ।

उनले ती व्यक्तिलाई गाली गर्नुको कारण नखुलाए पनि तथानाम गाली गर्दै आफू ‘साइको’ भएको बताएकी छिन् । उनले राम गौतमलाई गोली हान्ने धम्की पनि दिएकी छिन् ।

केही समययता सोनिका आफ्नो छवि सुधार्ने कोशिशमा थिइन् । यसअघि पनि उनी छाडा अभिव्यक्तिका कारण विवादमा आइरहन्थिन् ।

केही समय पूर्वयुवराज पारस शाहसँग नजिक रहेकी सोनिका पछिल्लो समय भने उनीसँग छुट्टिएको चर्चा चल्ने गर्छ ।

बुझिएअनुसार‌, सोनिका र राम गौतमबीच सामान्य आर्थिक विवाद रहेको बताइएको छ । सोनिकाले आफ्ना भिडियो राम गौतमलाई सम्पादन गर्ने जिम्मा दिएकी थिइन् । तर, उनले भिडियो सम्पादन गरेवापत कम रकम दिँदै आएकी थिइन् ।

गौतम र सोनिकामा यही विषयमा कुरा नमिलेको र गौतमले आफ्ना छोराले सम्पादन गरेको र उसले अब काम गरिदिन नसक्ने भन्दै जवाफ फर्काएका थिए ।

लकडाउनका बेला सोनिकाले पैसा नपठाएको पनि ती व्यक्तिले बताएका छन् । तर, यसबारेमा स्पष्ट धारणा भने दुवै पक्षबाट बाहिर आएको छैन ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ११ : १० बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको