उपत्यका भित्रने नाकामा यसरी हुँदैछ सुरक्षा जाँच (फोटोफिचर) | Khabarhub Khabarhub

उपत्यका भित्रने नाकामा यसरी हुँदैछ सुरक्षा जाँच (फोटोफिचर)


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउन अन्त्य भएसँगै काठमाडौं भित्रने र बाहिरिनेको संख्या बढ्दा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि नाकामा कडाइ गरिएको छ ।

काठमाडौं उपत्यका भित्रने नाकामा सुरक्षाकर्मी नै परिचालन गरी चेकजाँच गर्न थालेका छन् ।

तीनै जिल्लाबाट भित्रने मुख्य नाका तथा जिल्ला जिल्लाका सहायक नाकामा पनि चेकजाँच कडा पारिएको छ ।

कोरोनाको संक्रमण समुदायस्तरमै फैलिँदै गएपछि चेकजाँच कडा पारिएको हो । सोमबार भक्तपुर नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने मुख्य १३ नाकामा कडाइ गरेको थियो ।

नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाका सल्लाघारी–नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी नाकामा कडाइ गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

सबै नाकामा कर्मचारी खटाएर नगर प्रवेश गर्नेहरूको विवरण सङ्कलन गरी आवश्यक निगरानी शुरु गरेको उनले बताए ।

नगरप्रमुख प्रजापतिले संसारका ठूला र शक्तिशाली देशहरू कोरोनाको महामारी नियन्त्रण गर्न असफल भइरहेको विषम परिस्थितिमा नेपालमा महामारी फैलिनु अघि नै समाजलाई जोगाउन सचेतना कार्यक्रम र व्यक्तिगत सुरक्षा अपनाइ यो रोगको सङ्क्रमणबाट जोगिन आवश्यक रहेको बताए ।

तस्वीरमा हेर्नुहोस् कसरी हुँदैछ सीमामा सुरक्षाा जाँच

 

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १ : १४ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति