सिपीएल आजबाट सुरु हुँदै, सन्दीपको टीमको पहिलो खेल भोलि | Khabarhub Khabarhub

सिपीएल आजबाट सुरु हुँदै, सन्दीपको टीमको पहिलो खेल भोलि


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेबियन प्रिमिरय लिग (सिपीएल) कोरोना महामारी पछि सुरु हुन लागेको पहिलो फ्रेन्चाईज क्रिकेट लिग हो । सिपीएलको आठौं संस्करण मंगलबार रातिदेखि सुरु हुँदैछ ।

कोरोना महामारीकै बीच हुन लागेको प्रतियोगिता दर्शकविनाको रंगशालामा हुँदैछ ।

अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म सञ्चालन हुने सिपीएलमा ६ टिमले प्रतिस्पर्धा गर्ने गर्नेछन् । उक्त प्रतियोगि ट्रिनिडाड एण्ड टोबागोका ब्रायन लारा क्रिकेट एकेडेमी र क्वीन्स पार्क ओभल गरी दुई मैदानमा मात्र हुनेछ । प्रतियोगिताभर ३३ खेल हुनेछन् ।

लिग चरणका ३० खेलपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ र सेमिफाइनलका विजेताबीच फाइनल खेल हुनेछ ।

मंगलबार दुई खेल हुनेछन् । यस सिजनको उदघाटन खेलमा ट्रिनबागो नाइट राइडर्सले गुएना अमेजन वारियर्सविरुद्ध खेल्नेछ । खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे सुरु हुनेछ ।

यस्तै अर्को खेल साविक विजेता बार्बेडोस् ट्राइडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सबीच बुधबार बिहान नेपाली समयअनुसार सवा ३ बजे हुनेछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने यो वर्षको सिपीएल जमैका तल्लावाजबाट खेल्दैछन् । लगातार तेस्रो वर्ष सिपीएल खेल्न गएका सन्दीपको टोलीले बुधबार सेन्ट जोउक्ससँग खेल्दैछ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १२ : ५२ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको