सिपीएल आजबाट सुरु हुँदै, सन्दीपको टीमको पहिलो खेल भोलि « Khabarhub

सिपीएल आजबाट सुरु हुँदै, सन्दीपको टीमको पहिलो खेल भोलि


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यारेबियन प्रिमिरय लिग (सिपीएल) कोरोना महामारी पछि सुरु हुन लागेको पहिलो फ्रेन्चाईज क्रिकेट लिग हो । सिपीएलको आठौं संस्करण मंगलबार रातिदेखि सुरु हुँदैछ ।

कोरोना महामारीकै बीच हुन लागेको प्रतियोगिता दर्शकविनाको रंगशालामा हुँदैछ ।

अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म सञ्चालन हुने सिपीएलमा ६ टिमले प्रतिस्पर्धा गर्ने गर्नेछन् । उक्त प्रतियोगि ट्रिनिडाड एण्ड टोबागोका ब्रायन लारा क्रिकेट एकेडेमी र क्वीन्स पार्क ओभल गरी दुई मैदानमा मात्र हुनेछ । प्रतियोगिताभर ३३ खेल हुनेछन् ।

लिग चरणका ३० खेलपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ र सेमिफाइनलका विजेताबीच फाइनल खेल हुनेछ ।

मंगलबार दुई खेल हुनेछन् । यस सिजनको उदघाटन खेलमा ट्रिनबागो नाइट राइडर्सले गुएना अमेजन वारियर्सविरुद्ध खेल्नेछ । खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे सुरु हुनेछ ।

यस्तै अर्को खेल साविक विजेता बार्बेडोस् ट्राइडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सबीच बुधबार बिहान नेपाली समयअनुसार सवा ३ बजे हुनेछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने यो वर्षको सिपीएल जमैका तल्लावाजबाट खेल्दैछन् । लगातार तेस्रो वर्ष सिपीएल खेल्न गएका सन्दीपको टोलीले बुधबार सेन्ट जोउक्ससँग खेल्दैछ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १२ : ५२ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय