रियलमीद्वारा चार नयाँ एआईओटी डिभाइस सार्वजनिक | Khabarhub Khabarhub

रियलमीद्वारा चार नयाँ एआईओटी डिभाइस सार्वजनिक


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ एआईओटी उत्पादनहरु सार्वजनिक गरेको छ । चार नयाँ उपकरणमा रियलमी स्मार्टब्यान्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्ट घडी छन् ।

रियलमी स्मार्टघडी

रियलमीको पहिलो स्मार्टघडीमा कोर्निंग गोरिल्ला ग्लास प्रोटेक्सन सहित ३.५ सीएम कलर टच डिस्प्ले छ। रियलमी घडीले ३८० निट्स ब्राइटनेस सहित १० लेबलको ब्राइटनेस प्रदान गर्छ। डिस्प्ले स्पष्ट कलर र उत्कृष्ट तस्वीर गुणस्तर उत्पादन गर्न सक्षम छ जसले यसलाई यो मुल्य दायरामा उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्ने स्मार्ट घडी बनाउँछ।

यसको शानदार डिस्प्ले बाहेक, स्मार्टघडीमा सही हर्ट रेटको जानकारी र ब्लड अक्सिजन निगरानीका लागि ‘जीओओडी आईएक्स पीपीजी’ हर्ट रेट सेन्सरका साथ आउँछ। प्रयोगकर्ताहरुले स्मार्ट नोटिफिकेशन विशेषता, प्रत्येक व्यक्तिको शैली अनुसार सुहाउने दर्जनौं वाच फेस, आईओटी स्मार्ट कनेक्ट र १४ विभिन्न स्पोट मोडलका साथ आईपी६८ वाटर रेसिस्टेन्टको मज्जा लिन सक्छन्।

रियलमी स्मार्टब्यान्ड

ब्यान्ड सुन्दर ढंगले ठुलो २.४ सीएम स्क्रिनमा डिजाइन गरिएको छ जससँग ६५००० कलरहरु उत्पादन गर्ने क्षमता छ। भर्चुअल बटनका साथ प्रयोगकर्ताले आफ्नो सुविधाका लागि स्मार्टफोन बिना नै इन्टरफेस मार्फत स्क्रोल गर्न सक्छन्, पृष्ठहरु परिवर्तन गर्न र अन्य सामान्य अन्तरक्रियात्मक फङ्सनहरु प्रयोग गर्न सक्छन्।

रियलमी ब्यान्डमा २४ घण्टा हर्ट रेट सेन्सर, स्मार्ट नोटिफिकेसन, वाच फेसहरुको छनौट, क्रिकेट सहित ९ विभिन्न स्पोर्ट मोड र ‘आईपी ६८’ वाटर रेसिस्टेन्ट जस्ता विशेषता छन्। यसमा डाटा ट्रान्समिसन सहित यूएसबी प्रत्यक्ष चार्जिङ छ जसमा चार्जिङ वा डाटा केबल बोकी राख्नु आवश्यक पर्दैन।

रियलमी बड्स एयर नियो

बड्स एयर नियोले करिब १७ घण्टाको उत्कृष्ट ब्याट्री लाइफ र उत्कृष्ट ध्वनी गुणस्तर सहित वास्तविक वायरलेस म्युजिक सुन्न अनुभव प्रदान गर्दछ। यसमा १३ एमएम ठुलो ड्रइभर र एडभान्स एलसीपी मल्टीलेयर कम्पोजिट डाएफार्म छ जसले ब्राइट ट्रिबल र हार्नेश बिना राम्रो बास प्रजनन सुनिश्चित गर्दछ।

रियलमीको एक्सक्लुसिभ कस्टम आर १ चिपले वायरलेस कनेक्टिभिजी अनुभवलाई नयाँ स्तरमा पुर्याएको छ। बड्स एयर नियो गेमिङ मोडको साथ सुसज्जित छ जसले ५१ प्रतिशत ढिलाइलाई ११९.३ एमएस मा कम गर्दछ। यी बड्सहरु पानीबाट अतिरिक्त सुरक्षाका लागि आईपी ४ गुणा रेटेड छ।

रियलमी बड्स एयर

अन्ततः एयर बड्स ती व्यक्तिहरुका लागि हो जो रियलमीको उत्कृष्ट टीडब्लुएस एयर बड्स चहान्छन्। यो शानदार लो लेटेन्सी, उत्कृष्ट अडियो क्वालिटी, उत्तम ब्याट्री लाइफ र रियलमीको एक्सक्लुसिभ कस्टम आर१ चिप बाहेक रियलमी बड्स एयरले वायरलेस चार्जिङ सपोर्ट, वातावरण हल्ला क्यानसीलेसन र स्मार्ट इन—ईयर डिटेक्सन प्रदान गर्दछ।

यी विशेषताहरुले टीडब्लूएस बड्सलाई बजारमा वास्तविक सम्भावयता ल्याउँदै वायरलेस म्युजिक प्रेमीहरुका लागि उत्कृष्ट विकल्पहरु मध्यको एक बनेको छ। यो ब्ल्याक, ह्वाइट र रियलमीको आइकोनिक यल्लो कलर अप्सनमा उपलब्ध छ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ४ : ०७ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा