पाँचथरको मिक्लाजुङमा एक साता लकडाउन « Khabarhub

पाँचथरको मिक्लाजुङमा एक साता लकडाउन


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सोमबारदेखि एक साता बन्दाबन्दी (लकडाउन) गरेको छ ।

समुदायमा समेत कोभिड–१९ सङ्क्रमण फैलिएको मोरङसँग सीमा जोडिएको उक्त गाउँपालिकाले सङ्क्रमण फैलन सक्ने भन्दै एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले एम्बुलेन्स बाहेकका सबै सवारीका साधन सञ्चालनमा रोक लगाएको छ । गाउँपालिकाको सङ्कट ब्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए ।

औषधि, खाद्यान्न र दूग्ध बाहेक सबै प्रकारका बजार पसल एक साताका लागि बन्द गरिएको गाउँपालिकाले सूचना प्रकाशन गरी जनाएको छ ।

यस्तै अत्यावाश्यक बाहेक मोटरसाइकल सञ्चालनमा समेत रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

गाउँपालिकाले अनिश्चित कालका लागि गाउँपालिका भित्र लाग्ने हाट बजार बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले मास्कको प्रयोगलाई अनिवार्य गर्न आह्वान समेत गरेको छ ।

यस्तै कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा भीडभाड हुने क्षेत्रमा भीडभाड हुनबाट रोक्न सम्बन्धित स्थानीय तहहरुलाई आग्रह गर्ने तथा सङ्घीय सरकार र प्रदेश सरकारबाट निर्णय भएअनुसार बन्दाबन्दी हटेपछिको अवस्थामा अपनाउनुपर्ने सावधानी अपनाउने कार्यलाई कडाइ गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : ५० बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक