तपाईंको भाग्य निर्धारण गर्ने निधारका रेखा « Khabarhub

तपाईंको भाग्य निर्धारण गर्ने निधारका रेखा


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निधारका रेखाको सम्बन्ध मानिसको भाग्यसँग जोडिएको हुन्छ । समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको निधारको रेखाले मानिस कति भाग्यशाली छ भनेर थाहा पाउन सकिन्छ । निधारको रेखाको सम्बन्ध मानिसको भविष्य र उसको जीवनसँग हुने गर्दछ ।

समुन्द्रशास्त्रका अनुसार निधारका पहिलो रेखाको सम्बन्ध धनसँग जोडिएको हुन्छ । त्यसैले निधारको पहिलो रेखा जति लामो भयो ब्यक्ति त्यति नै धनवान् हुने मान्यता रहेको छ । तर रेखा स्पष्ट छैन भने यस्ता ब्यक्तिलाई धनसँग सम्बिन्धीत समस्या हुने मान्यता छ ।

निधारको दोस्रो रेखाले मानिसको स्वास्थ्य जीवनका बारेमा दर्शाउछ । यो रेखा आखि भौको छेउको रेखाको माथि हुन्छ । यदि निधारको दोस्रो रेखा गाढा र स्पष्ट देखिन्छ भने व्यक्तिको स्वास्थ्य जीवन राम्रो हुने संकेत गर्दछ । तर यहि रेखा पातलो र हल्का मात्र छ भने यस्ता ब्यक्तिलाई स्वास्थ्यका समस्या हुने मान्यता रहेको छ ।

निधारको तेस्रो रेखाले मानिसको भाग्य निर्धारण गर्ने मान्यता रहेको छ । यदि निधारमा ३ वटा रेखा मात्र छ भने यसलाई भाग्यको रेखा मानिदैन । यस मुनि अर्काे रेखा अर्थात ४ वटा रेखा छ भने तेस्रो रेखा चाहिँ भाग्य रेखा हो । यो रेखा जती लामो भयो मानिस त्यति नै भाग्यमानि हुने मान्यता रहेको छ ।

निधारको चौथो रेखाले जीवनका उतारचढावलाई संकेत गर्दछ । यदि निधारमा तिन वटा रेखा मात्र छ भने त्यो यहि रेखा हो । भाग्य दर्शाउने तेस्रो रेखा हुन चौथो रेखा अनिवार्य छ । यो रेखाले जीवनमा संर्घष दर्शाउँछ । यो रेखा छोटो भएमा राम्रो मानिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ४४ बजे

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई

काठमाडौं– नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई