आज २०७७ असोज २ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७७ असोज २ गते शुक्रबारको राशिफल


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ असोज २ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफनतले काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योगपनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफन्त संग मनमुटाव बढ्ला । स्वास्थमा समस्या देखापर्न सक्छ अत: सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।

मीन
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : १० बजे

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा