आज जनकपुर आउँदै नेपाली रेल, ३४ किमी खण्डमा परीक्षण सञ्चालन गरिने « Khabarhub

आज जनकपुर आउँदै नेपाली रेल, ३४ किमी खण्डमा परीक्षण सञ्चालन गरिने


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल परीक्षणका लागि आज जनकपुर आइपुग्ने भएको छ ।

रेल नेपाल ल्याइएसँगै जयनगर–जनकपुर ३४ किमी खण्डमा रेलको परीक्षण सञ्चालन गरिनेछ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर रहेको छ ।

रेलको परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० जना भारतीय प्राविधिक जनकपुर पुगेका छन् । उनीहरूमध्ये केही रेलसँगै फर्किनेछन् भने केही जनकपुरमै बस्नेछन् ।

भारतीय प्राविधिक कर्मचारीले नै रेल सञ्चालन गर्नेछन् । जसमा चालक, इन्जिनियर र संकेत देखाउने कर्मचारी छन् ।

भारतीय कर्मचारी राख्ने विषयमा नेपाल र भारतबीच सम्झौता गर्ने तयारी भइरहेको छ । ‘सम्झौतापत्र भारतीय पक्षले तयार गरिरहेका छन्, त्यसमा दुवै पक्षबीच छलफलपछि सहमति हुनेछ,’ महाप्रबन्धक भट्टराईले भने ।

बिहीबार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको थियो । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो ।

कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा राखिएका थिए ।

अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याउन लागिएको हो । बिहीबार जयनगर पुगेको रेल शुक्रबार जनकपुर पुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए ।

शुक्रबार रेल नेपाल पुगे पनि फेरि भारत नै फर्किनेछ । सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ । त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ ।

दोस्रो चरणमा जनकपुर–कुर्थादेखि बिजलपुरासम्म ४६ किलोमिटरमा सञ्चालन गरिनेछ । त्यस क्षेत्रमा भने अहिले रेलमार्ग निर्माण भइरहेको छ  । त्यस्तै, बिजलपुरादेखि बर्दिबाससम्म १७ किलोमिटरसम्म रेल्वे लिकका लागि सर्भे भएको छ भने जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ । तर, अधिग्रहणमा विवाद हुँदा काम हुन सकेको छैन ।

रेल सञ्चालनका लागि प्रशासनिक कर्मचारी भने नेपाली राखिनेछन् । कर्मचारी भर्नाका लागि विभिन्न २९ पदमा एक सय २९ जनाको विज्ञापन गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ३७ बजे

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा