खानेपानीको सहजताले फेरियो गृहिणीको दैनिकी | Khabarhub Khabarhub

खानेपानीको सहजताले फेरियो गृहिणीको दैनिकी


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- विद्युतको प्रयोग गरी मूलको पानी गाउँसम्म ल्याएपछि पाल्पाको एक गाउँको जनजीवन र दैनिकी नै परिवर्तन भएको छ ।

पानी लिफ्टिङ् गरी माथिसम्म आएपछि यहाँका बासिन्दाले राहतको अनुभूति गर्न पाएका छन् । खानेपानी आयोजना शसुरु हुनुभन्दा अगाडिसम्म एक गाग्री पानीका लागि एक बिहानको समय खर्चिनुपर्ने माथागढी गाउँपालिकाका गृहणीहरु यति बेला निकै खुसी भएका छन् ।

पानीको मुहान टाढा भएका कारण खानेपानीका लागि वर्षौंदेखि समस्या झेलिरहेका सो गाउँपालिकाको चिदीपानी चदौली गाउँका एक सय घर परिवारलाई लिफ्टिङ्मार्फत घरघरमा धारा वितरण भएपछि खानेपानीको समस्या सदाका लागि अन्त्य भएकोले गृहणीलाई राहत मिलेको हो ।

खानेपानीको समस्यामा परेकाहरुका लागि स्थानीय उपभोक्ता समितिको व्यवस्थापन तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा अलैंची गहिरा थुम्की खानेपानी योजना सम्पन्न भएपछि समय लगाएर डोकोमा पानी बोक्नुपर्ने समस्याको अन्त्य त भएको छ नै सँगसँगै घरघरमा स्वच्छ खानेपानीको व्यवस्थापन भएको छ ।

गाउँमा खानेपानीका लागि दिगो र भरपर्दो व्यवस्थापन हुन नसक्दा समयको नोक्सानी सँगसँगै सफा स्वच्छ खानेपानीको उपभोग गर्नबाट गाउँलेहरु वञ्चित थिए ।

एक किलोमिटर तलबाट लिफ्टिङ गरी एक घर एक धारा कार्यक्रमअन्तर्गत वितरित धाराबाट ६ सय जनसख्या र एक सय बीस घर परिवार प्रत्यक्षरुपमा लाभान्वित भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

विश्वभर फैलिएको र नेपालमा पनि जनजीवनलाई आक्रान्त बनाइरहेको कोराना भाइरसको संक्रमणको भय र त्रास फैलिएको बीच पनि स्थानीयले योजनाको व्यवस्थापन सँगसँगै श्रमदान गरेपछि समयमै योजना सम्पन्न भएको हो ।

स्थानीय उपभोक्ताको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको खानेपानी योजनाले घरायसी, वातावरणीय र व्यक्तिगत सरसफाइका क्षेत्रमा समेत परिवर्तन भएको छ । यसका साथै बिहानभरिको समय खर्चिएर खानेपानीको व्यवस्या गरेका चदौलीका जनताले धाराबाट खेर गएको पानीको प्रयोग गरी करेसाबारीको व्यवस्थापन गर्न लागेका छन् ।

बाह्रै महिना खानेपानीको दुःख झेलिरहेकाहरुको घर आँगनमै सफा पानीको धारा आउँदा उनीहरुले सपनाजस्तै ठानेका छन् । स्थानीय बासिन्दा बिन्दु ढुंगानाका अनुसार खानेपानी योजना सम्पन्न भएसँगै एक घण्टा टाढाबाट पानी बोक्ने समस्याबाट मुक्ति मिलेको छ ।

योजना सम्पन्न गर्नका लागि नेपाल सरकारको एक करोड रुपियाँ बराबर लागत लागेको र योजना सम्पन्न भई सबैको घरघरमा धारा जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्राविधिक शोभाकर अधिकारीले जानकारी दिए ।

योजना सम्पन्न गर्नका लागि स्थानीय बासिन्दाहरुले पनि निकै र सहयोग गरेको र श्रमदान गरेको बताउँदै योजनाबाट तत्काल १२० घर परिवार प्रत्यक्षरुपमा लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष निर्मल न्यौपानले बताइन ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ०७ बजे

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको