१८ सय संक्रमितको काठमाडौँका आइसोलेसनमा उपचार हुँदै « Khabarhub

१८ सय संक्रमितको काठमाडौँका आइसोलेसनमा उपचार हुँदै


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाका आइसोलेसनमा उपचार गराउने कोरोना संक्रमितको संख्या १ हजार ८ सयभन्दा बढी छ ।

संक्रमितको संख्या थपिदै गएपछि विभिन्न सरकारी तथा निजी अस्पतालका आइसोलेसन, आइसियु र भेन्टीलेटरमा उपचार गराउनेको संख्या बढदै गएको छ।

लक्षणसहितका संक्रमित थपिएपछि आइसियुमा १ सय ५ र भेन्टिलेटरमा उपचार गराउनेको संख्या २९, आइसोलेसनमा १ हजार ७ सय ६०, उपचार गराउने कुल संक्रमितको संख्या १ हजार ८ सय ९४ पुगेको छ।

आइसियुमा संक्रमित कति वीरेन्द्र अस्पतालको आइसियुमा १५, ह्याम्स अस्पतालमा १२,नर्भिक अन्तर्राष्ट्रिय अस्पताल थापाथलीमा ११, शुक्रराज तथा सरुवा रोग अस्पताल टेकुमा ११, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १०, पाटन स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठानमा ९, वीर अस्पतालमा ९, मेघा अस्पतालमा ६, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ५, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ५, काठमाडौँ मेडिकल कलेज दुवाकोटमा ५, धुलिखेल अस्पतालमा १, नेपाल प्रहरी अस्पतालमा ३, स्टार अस्पताल ३ उपचाररत छन् ।

शुक्रराजको भेन्टीलेटरमा ५, सशस्त्र प्रहरी बलको अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा ३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, धुलिखेल अस्पतालमा ३, वीर अस्पताल १, स्टार अस्पताल २, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ३, ह्याम्समा ४ जना संक्रमित छन्।

नेपाल प्रहरी अस्पतालमा सबैभन्दा बढी संक्रमित ४ सय ३२ उपचाररत छन्। इचङ्खुनारायण आइसोलेसन सेन्टरमा २ सय २८, कीर्तिपुर आयुर्वेदिक अस्पताल १ सय ८४, शसस्त्र प्रहरी बल अस्पतालमा १ सय ७९, त्रिवि शिक्षण अस्पताल ८३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८७, काठमाडौं मेडिकल कलेज दुवाकोट ६६, धुलिखेल अस्पताल २७, वीरेन्द्र अस्पतालमा ७३ जना स‌क्रिमत उपचाररत छन्।

भक्तपुर कोभिड अस्पताल उपचार केन्द्र १३, खरिपाटी आइसोलेसन केन्द्र ९४,वीर अस्पताल ८६, स्टार अस्पताल १२, स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र काभ्रे २, महेश मनमोहन अस्पताल दहचोक ६१, शिर मेमोरियल अस्पताल बनेपा ६, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल १४, मेघा अस्पताल ४०, ह्याम्स ३० र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा १५ संक्रमित उपचाररत छन्।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : २५ बजे

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी