बिदामा बसेका नेपाली कामदार साउदी फर्कन सक्ने « Khabarhub

बिदामा बसेका नेपाली कामदार साउदी फर्कन सक्ने



दोहा- साउदी अरबबाट विभिन्न समयमा बिदामा नेपाल फर्किएका तर, कोरानाका कारण नेपालमै रोकिएका नेपालीले साउदी फर्कन पाउने भएका छन् ।

साउदी सरकारले सेप्टेम्बर १५ बाट गल्फ कर्पोरेसन काउन्सिल (जीसीसी) देशका नागरिकहरुलाई साउदीमा प्रवेश गर्न दिने निर्णय गरेको थियो ।

सोही अनुसार भिसाको म्याद भएका नेपालीलगायत अन्य आप्रवासी कामदारहरुले पनि तोकिएका मापदण्ड पूरा गरेर साउदी फर्किन पाउने साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

बिदा तथा पुनः आगमन भिसा स्वदेश गएका नेपालीले यी प्रकृया पूरा गरी साउदी फर्कन सक्ने छन् ।

बिदाबाट फर्किने वा पुन: आगमन भिसामा गएकाहरुले आफनो कम्पनीले आउन अनुमति दिएको कागजात नो अब्जेक्शन लेटर अनिवार्य रुपमा प्राप्त गर्नुपर्नेछ । कम्पनीले आउने अनुमति नदिदासम्म रि इन्ट्री भिसा भएकै आधारमा यात्रा नगर्न समेत दूतावासले अनुरोध गरेको छ ।

बिदाबाट फर्किने वा पुनः आगमन भिसा गएका तर नेपाल सरकार वैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृत लिएर मात्र आउन सकिने दूतावासले जनाएको छ।

यसका लागि रोजगारदाता कम्पनीले अनुमति दिएको कागजात नो अब्जेक्शन लेटर उक्त कम्पनीले आफनो आधिकारिक इमेलबाट वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनुपर्ने दूतावासले जनाएको छ ।

माथिका यी सबै कागजात प्रक्रिया पुरा गरेका नेपालीहरुले साउदी अरब आइपुग्ने अवधिको ४८ घण्टा भित्रको समय रहने गरी नेपाल सरकारको अनुमति प्राप्त स्वास्थ्य संस्था वा प्रयोगशालाबाट पीसीआर परीक्षण गरी रिर्पोट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य बोडिङको समय र साउदी विमानस्थलमा आगमनका समयमा देखाउनु पर्ने छ ।

साउदी प्रबेश गर्ने यात्रुहरुले साउदी कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धमा अपनाएका स्वास्थ्य सम्बन्धी सवै व्यवस्थाहरु पालना गनुपर्नेछ भनी विमानस्थल आगमन पश्चात कागजातमा अनिवार्य रुपमा हस्ताक्षर गर्नुपर्ने छ ।

साउदी सरकारका सम्बन्धित निकायहरुबाट प्राप्त जानकारी अनुसार अकमा वा भिसाको म्याद सकिएकाहरुको हकमा सेक्टेम्बर ३०, सम्म अकमा र भिसा स्वत: नवीकरण हुने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अक्टोवर २०२० पछिका लागि साउदी सरकारले गर्ने निर्णय उपयूक्त समयमा जानकारी गराइने जनाएको छ । साथै अर्को निर्णय नभएसम्म नयाँ भिसा स्ट्याम्पिङ नहुने बुझिएको छ ।

साउदी सरकारले कोरोना भाइरसको महामारीले विभिन्न क्षेत्रमा लगाइएका प्रतिबन्धलाई क्रमिकरूपमा खुकुलो बनाउदै लगेको छ भने आगामी १ जनवरीदेखि कोरोना भाइरसका कारण लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा यसअघि नै गरिसकेको छ । साउदी अरबमा करिव ३ लाख १५ हजार नेपाली कार्यरत छन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ३० बजे

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र

खोटाङ– महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले सञ्चालन गरेको

तुलसी घिमिरेको ‘पहाड’ नयाँ वर्षमा आउने

काठमाडौं – तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट

एजेन्सी– इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण