पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा शुक्रबार विहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पूर्वी नवलपरासी देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालकाअनुसार कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

ती पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गत भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भइ अस्पताल भर्ना भएका उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, स्वास्थ्य निर्देशनालय पोखराको रिपोर्टअनुसार शुक्रबार बिहान पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका मात्रै १५ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २९१ पुगेको छ ।

शुक्रबार नै पूर्वी नवलपरासीको देवचुलीस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा रहेका मध्ये ५६ जनालाई एकैसाथ डिस्चार्ज गर्न लागिएको अस्पतालका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ५५ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं