गणेशमानको सिद्धान्त, निष्ठा र मूल्यको राजनीतिबाट प्रेरणा लिनुपर्छ: प्रकाशमान सिंह « Khabarhub

गणेशमानको सिद्धान्त, निष्ठा र मूल्यको राजनीतिबाट प्रेरणा लिनुपर्छ: प्रकाशमान सिंह


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताएका छन् ।

सिंहको २३ ओै स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानजीले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताएका हुन् ।

‘नेपालमा सक्रिय जति राजनीतिक दल र नेता कार्यकर्ता हुनुहुन्छ, उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो, त्यही मार्गमा हिँडेको खण्डमा मात्रै नेपाल र नेपालीको भलो हुन्छ, नेता सिंहले भने ।

नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न ६ दशक लामो राजनीतिक जिवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा बिताएको नेता सिंहले बताए । प्रजातन्त्रका लागि ठूलो संघर्ष गरेको र कष्ट सहेकैले उनलाई नेपाली जनताले सधै सम्झिरहने उनको भनाइ थियो ।

त्यस्तै नेता सिंहले गणेशमान सिंहको स्वच्छ, निष्कलंकित छविकै कारण कांग्रेसको आह्वानमा भएको ०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले उनको नेतृत्व स्वीकारेको पनि बताए ।

सर्वमान्य नेता सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन संयुक्त भन्दा पनि कार्यगत एकताका आधारका भएको उनको भनाइ थियो ।

त्यस्तै नेता सिंहले सरकारले कोरोना महामारीका बेलाका जनताका लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको बताए । मेडिकल सामग्री खरिदमा समेत घोटाला हुँदा जनताले सरकारसँग चित्त दुखाएको सिंहको भनाइ थियो ।

दुई तिहाइ नजिकको सरकारले संविधानको भावनाअनुसार संघीय कानून नबनाउँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको पनि उनले बताए । देश संघीयतामा गइसके पनि सरकारको ध्यान केन्द्रीयकरणमै रहेको भन्दै संविधानको मर्म र भावनाविपरीत नजान पनि सरकारलाई उनले सचेत गराए ।

जनताले करीब दुई तिहाइ मत सुशासनका लागि दिए पनि सरकार ललिता निवास प्रकरण, यती होल्डिङ्स, सेक्युरिटि प्रिन्टिङ प्रेस लगायतका काण्डमा मुछिएको बताए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ११ : १४ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव