दाङमा दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

दाङमा दुर्घटना हुँदा एकको मृत्यु


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय प्रकास कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए । नम्बर नखुलेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका कुँवरको लमही अस्पतालमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पिपरीमा बिहान करिब ५ बजे नम्बर नखुलेको गाडीले कुँवरलाई ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी गएराति तुलसीपुरमा मोटरसाईलक अनियन्त्रीत भएर पल्टिँदा एक युवक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–१चाखलीघाट निबासी १९ बर्षका रबिन भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिएका छन् । स्याउलीबजारबाट बजार तर्फ आउँदै गरेको रा१ख ५४३३ नम्बरको मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय नजिकै अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १२ : २६ बजे

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।