५७ वर्षपछि जग्गा धनीपूर्जा पाउँदा छाएको खुसी « Khabarhub

५७ वर्षपछि जग्गा धनीपूर्जा पाउँदा छाएको खुसी



इलाम– इलाम रोङ गाउँपालिका ६ पाटापुरका वृद्ध लालसिंह राईले ५७ वर्षपछि आफू बसेको जग्गाको धनीपूर्जा पाउँदा हर्षका आँशु झारे ।

१२ पटकसम्म आएको सुकुम्बासी आयोगले दिन नसकेको लालपूर्जा गाउँपालिकाको व्यवस्थित वसोवास समितिले दिएपछि उनमा खुसीको सीमा नै रहेन ।

२०२० सालदेखि रोङ गाउँपालिका ६ पाटापुरमा सुकुम्बासीहरु बसोबास गर्दै आएका छन् । यतिका वर्षसम्म उनीहरुले आफूले बसेको जग्गाको लालपूर्जा पाएका थिएनन् ।

बलबहादुर कटवाल पनि धनीपूर्जा पाउँदा हर्सित थिए । आफू बसेको जग्गा आफ्नै नाममा आयो भन्दै उनी खुसी बाँड्दै थिए ।

लालसिंह र बलबहादुरसँगै पाटापुरका १९ परिवारले ५७ वर्षपछी लालपूर्जा पाएका हुन् । गाउँपालिकाले खीनमाया बलमपाखी मगर, भोजकुमार तामाङ, दिलबहादुर राई, टंकबहादुर मगर, टीकामाया राई, इन्द्रमाया रानामगरलाई धनीपूर्जा वितरण गरेको छ ।

त्यस्तै विनिताकुमारी राई, लक्ष्मी तामाङ, तारामान राई , भक्तबहादुर राई, रेनीकुमारी राई, विष्णुकुमार राई, कुमार राई, युवराज राना, पूर्णबहादुर राई र भीमबहादुर राईले धनीपूर्जा पाएका छन् ।

‘वर्षौसम्म सुकुम्बासी भएर बसियो । धनीपूर्जा दिन भन्दै सुकुम्बासी आयोग पनि आयो । तर दिन सकेन्,’ हातमा पूर्जा लिएका लालसिंहले भने, ‘स्थानीय सरकार नआएको भए हामीले अझै पनि पाउँदैनथ्यौ होला ।’

उनलाई लालपूर्जा वितरण गर्दै गाउँपालिका अध्यक्ष शम्सेर राईले आफूले पाएको जग्गा नबेच्न आग्रह गरे । उनले २०२० सालदेखि बसोबासरत पाटापुरबासीहरुको जग्गा २०२८ सालको नापी टोलीले नाप गरी बाउन्ड्री गरेर २०५२ सालको सुकुम्बासी आयोगले लालपूर्जा दिन नसक्दा आफूहरुले पूर्जा दिएको बताए ।

रोङ गाउँपालिकाको प्रमुख समस्याको रुपमा रहेको सुकुम्बासी र अब्यवस्थित बसोबासको समस्यालाई प्राथमिकतामा राखी गाउँपालिकाले २०७५ सालको असोजमा टंक थापाको संयोजकत्वमा ५ सदस्यीय व्यवस्थित बसोबास समिति गठन गरी काम अगाडि बढाएको थियो ।

त्यस समितिले पहिलो चरणमा १९ परिवारलाई पूर्जा वितरण गरेको हो । अब वडा नं ६ को पाटापुरमा ८७ परिवारलाई पनि व्यवस्थित बनाएर धनीपूर्जा वितरण गरिने अध्यक्ष राईले बताए । ६ वटा वडा रहेको रोङ गाउँपालिकामा ४७४ परिवार सुकुम्बासी छन् ।

पाटापुरमा आयोजित धनीपूर्जा वितरण कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष मणिकुमार स्याङ्वोले २०५२ सालको नोवेल केमी राईको अध्यक्षता गठित सुकुम्बासी आयोगले बनाएको मापदण्ड कै आधारमा एक परिवारलाई २० रोपनीसम्मको जग्गाको पूर्जा वितरण गरिएको बताए ।

उनले अन्य सुकुम्बासी परिवारहरुको कागजात मालपोत कार्यालयमा प्रक्रियामा रहेको जानकारी दिँदै केही दिनमा थप पूर्जा वितरण गर्ने बताए।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : ०१ बजे

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल