पुजारी हत्या प्रकरण : गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन « Khabarhub

पुजारी हत्या प्रकरण : गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- पुजारी श्रीराम साह ‘हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले जनकपुरमा प्रदर्शन गरेकाे छ ।

प्रदेश २ को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा माग गरेको हाे ।

राष्ट्रिय एकता अभियानका स्थानीय अभियन्ता मिथुन साहकाे नेतृत्व प्रदर्शन भएकाे हाे। त्यस्तै हिन्दू युवा परिषदका संस्थापक तथा अभियानका वरिष्ठ सहयोगी सत्यम मुरारीले मन्तब्य राखेका थिए

अभियानका केन्द्रीय संयाेजक विनय यादवले भने ,’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पूर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो ।’

आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिवारका सदस्यहरू एबम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिबेदन जारी गर्नु सन्त स्व. श्री राम साहमाथी मात्र नभई सम्पूर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार भएको उनले बताए ।

अभियानका कार्यकर्ताहरूले कसकाे दवावमा झुठो प्रतिबेदन बनाइयाे, गृहमन्त्री जवाफ देउ, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन ? सन्त श्रीराम साहको हत्याको छानविन गर्न विशेष समिति बनाउ, साधुसन्तमाथिको हमला बन्द गर, हिन्दू समाज एक हौँ भन्दै सरकारविरूद्ध नाराबाजी लगाएका थिए।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : ०० बजे

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया