भारतसँग छिट्टै वार्ता हुन्छ: परराष्ट्रमन्त्री « Khabarhub

भारतसँग छिट्टै वार्ता हुन्छ: परराष्ट्रमन्त्री


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् ।

प्रेस सङगठन नेपाल, रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको बताए ।

खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उनले भने “निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ । उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ ।”

सरकारका प्रवक्ता ज्ञवालीले विकासका विषयमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताका केही विषयमा अमेरिकी सरकार स्पष्ट भएर अनुमोदन हुने बताए ।

नेता ज्ञवालीका अनुसार सो विषयमा सच्याउनुपर्ने भएमा आवश्यक बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ । उनले पार्टी स्थायी कमिटीमा एमसिसीका कुनकुन बुंँदा सच्याउने भन्ने कुरा नउठेकोसमेत स्पष्ट पारे ।

उनले पार्टीभित्र अझै पनि अन्तरविरोध रहेको र त्यसको समाधान आगामी चैतमा हुने महाधिवेशनबाट समाधान हुने विश्वास व्यक्त गरे ।

मन्त्री ज्ञवालीले स्वास्थ्य सङ्कटमा परेका जनतालाइ राहत पु¥याउने सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै सरकारले स्वास्थ्यका उपकरण थप्ने, संरचना निर्माण गरेर स्वास्थ्य क्षेत्रमा सुविधा बृद्धि गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

मन्त्री ज्ञवालीले आफूले केही दिन पहिले एशिया क्षेत्रका अर्थमन्त्रीको जुम बैठकमा सहभागिता जनाउँदा एशियाली विकास बैंकले पनि नेपालको अर्थतन्त्रलाई राम्रो सङ्केत नगरेको जनाउँदै स्वास्थ्य सतर्कता अपनाउँदै अर्थतन्त्रका गतिविधि खुला गर्न खोजिएको बताए ।

उनका अनुसार नेपाल विद्युत् प्राधिकरणमा नियुक्तिका विषयमा सरकारले उपयुक्त निर्णय गर्ने छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : १९ बजे

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।