आर्थिक–सामाजिक पुनरुत्थानका कार्यक्रम प्रारम्भ गर्नुपर्नेमा नेपालको जोड « Khabarhub

आर्थिक–सामाजिक पुनरुत्थानका कार्यक्रम प्रारम्भ गर्नुपर्नेमा नेपालको जोड


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले अल्पविकसित राष्ट्रहरूको आर्थिक–सामाजिक पुनरुत्थानका लागि तत्काल कार्यान्वयन गर्नेगरी विश्वव्यापी कार्यक्रम प्रारम्भ गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाका क्रममा अल्पविकसित राष्ट्रहरूको अप्रत्यक्षरुपमा बिहीबार भएको मन्त्रिस्तरीय बैठकमा नेपालले त्यस्तो कार्यक्रमको थालनीको खाँचो औँल्याएको हो ।

बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालसहित अल्पविकसित राष्ट्रहरुमा कोभिड–१९को महामारीका कारण सामाजिक–आर्थिक क्षेत्रमा व्यापकरुपमा परेको प्रभाव, जलवायु परिवर्तन र प्राकृतिक विपत्ति झेलिरहेकाले त्यस्तो कार्यक्रम आवश्यक भएको बताए ।

उनले इस्तानबुल कार्ययोजनाको कार्यान्वयन (इपिओए), उक्त कार्ययोजना कार्यान्वयनका बाँकी काम पूरा गर्नेतर्फ ध्यान दिनुपर्ने तथा त्यसको कार्यान्वयनका अवरोध र रिक्तताको सिंहावलोकन हुनपर्नेमा जोड दिए ।

विकासका साझेदार, संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरुबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री ज्ञवालीले वैदेशिक विकास सहयोग (ओडिए) को न्यूनता क्षतिपूर्तिका लागि व्यापारका अवरोध हटाउन, ऋणमोचन, प्रविधि हस्तान्तरणका साथै व्यापारका लागि सहायता बढाउनुपर्ने आवश्यकता औँल्याए ।

अल्पविकसित राष्ट्रका बहुपक्षीयताको प्रक्रियाका चुनौती र चासोलाई आवश्यक स्थान एवं प्राथमिकता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए ।

बैठकमा अल्पविकसित देशका मन्त्री, ती देशका मित्र र विकासका साझेदारका साथै राष्ट्रसङ्घका उच्च अधिकारीले भाग लिएका संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ । बैठकले मन्त्रिस्तरीय बैठकको घोषणापत्र अनुमोदन गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ५७ बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार