वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मक द्धार निर्माण हुने « Khabarhub

वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मक द्धार निर्माण हुने


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाको वडा नं ४ नख्खुमा रहेको वैष्णवीदेवी मन्दिर परिसरमा पाटी र कलात्मकद्धारको निर्माण सुरु गरिएको छ ।

उक्त पाटी र कलात्मकद्धारको शिलान्यास ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरे । परिसरमा चारवटा घाट छन् । उक्त घाटमा ललितपुरका धेरै धेरै थरका नेवारको दाहसंस्कार गरिन्छ । शिलान्यास गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुरु गरेको काम समयमै सक्न र गुणस्तरीयता कायम गर्न अनुरोध गरे ।

ललितपुर महानगरपालिकाका एक तिहाइको अन्त्येष्टि यस मन्दिर भित्रको घाटमा हुने भएकाले यसको संरक्षण अत्यन्तै महत्वपूर्ण भएको महानगरप्रमुखले बताए । उनले यसको विकासका लागि महानगरपालिकाको मात्रै भर पर्न नहुने बताउँदै सहयोगी मन र हातहरुसँग सहयोगका लागि माग्नुपर्ने स्पष्ट पारे ।

निर्माण हुन लागेको पाटीमा शववहानबाट ल्याइएको शवलाई केही समय राखिने ललितपुर महानगरका सहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनले बताए । अहिले शव राख्ने ठाउँ नहुँदा मुख्यद्धारमै छोडिन्छ ।

मन्दिर र घाट क्षेत्रको संरक्षण र विकासको लागि गुरुयोजना तयार गरेको वैष्णवीदेवी मन्दिर तथा श्मसान क्षेत्र सुधार समितिका अध्यक्ष रत्नलाल महर्जनले बताए । गुरुयोजना अनुसार काम अघि बढाउने उनले बताए ।

उक्त समितिमा उपाध्यक्षद्धय रत्न महर्जन र युवराज शाक्य छन् । कोषाध्यक्ष सानुलाल महर्जन भएको यो समितिका सदस्य भगवान शाही हुन् । मन्दिर र घाटको संरक्षण सहित यस क्षेत्रको संरक्षण सहित सरसफाइ आवश्यक भएको उनले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ५२ बजे

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम