चोरीको आशंकामा पक्राउ परेका चार जना कालीमाटी प्रहरी वृत्तबाट मध्यरातमा भागे « Khabarhub

चोरीको आशंकामा पक्राउ परेका चार जना कालीमाटी प्रहरी वृत्तबाट मध्यरातमा भागे


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतबाट ४ जना फरार भएका छन् । प्रहरी हिरासतमा रहेका उनीहरू बिहीवार राति हत्कडीसहित फरार भएका हुन् ।

गस्तीमा गएको प्रहरीको टोलीले चोरी गरेको आशंकामा प्रकाउ गरेका उनीहरूलाई आइसोलेसन जोनमा राखिएको थियो । राति कोरोना परीक्षण सम्भव नभएपछि हत्कडीसहित उनीहरूलाई आइसोलेसन जोनमै राखिएको थियो ।

प्रहरीका अनुसार आइसोलेसनबाटै उनीहरू फरार भएका हुन् । फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, अशु जैसवाल र रविन्द्र जैसवाल रहेका छन् ।

कोरोना परीक्षण नगरी हिरासतमा राख्न नपाउने भएकाले आइसोलेसन जोनमा राखिएको प्रहरीले जनाएको छ ।

कालिमाटी वृत्तका डीएसपी अपिल बोहराले उनीहरु फरार भएको स्वीकारे । उनले तरकारी र फलफूल गाडीबाटै चोरी हुने गरेको गुनासो आएपछि राति ३ बजे हिँडिरहेका उनीहरुलाई पक्राउ गरी ल्याइएको पनि उनले बताए ।

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ६ : १२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको