चोरीको आशंकामा पक्राउ परेका चार जना कालीमाटी प्रहरी वृत्तबाट मध्यरातमा भागे « Khabarhub

चोरीको आशंकामा पक्राउ परेका चार जना कालीमाटी प्रहरी वृत्तबाट मध्यरातमा भागे


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतबाट ४ जना फरार भएका छन् । प्रहरी हिरासतमा रहेका उनीहरू बिहीवार राति हत्कडीसहित फरार भएका हुन् ।

गस्तीमा गएको प्रहरीको टोलीले चोरी गरेको आशंकामा प्रकाउ गरेका उनीहरूलाई आइसोलेसन जोनमा राखिएको थियो । राति कोरोना परीक्षण सम्भव नभएपछि हत्कडीसहित उनीहरूलाई आइसोलेसन जोनमै राखिएको थियो ।

प्रहरीका अनुसार आइसोलेसनबाटै उनीहरू फरार भएका हुन् । फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, अशु जैसवाल र रविन्द्र जैसवाल रहेका छन् ।

कोरोना परीक्षण नगरी हिरासतमा राख्न नपाउने भएकाले आइसोलेसन जोनमा राखिएको प्रहरीले जनाएको छ ।

कालिमाटी वृत्तका डीएसपी अपिल बोहराले उनीहरु फरार भएको स्वीकारे । उनले तरकारी र फलफूल गाडीबाटै चोरी हुने गरेको गुनासो आएपछि राति ३ बजे हिँडिरहेका उनीहरुलाई पक्राउ गरी ल्याइएको पनि उनले बताए ।

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ६ : १२ बजे

ब्राजिल विश्वकप समूह सी’ को विजेता : ह्याट्रिक गर्न चुके विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६