अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न माग « Khabarhub

अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न माग


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग १३ विद्यार्थी सङ्गठनले भौतिकरुपमा अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेका छन् ।

विद्यार्थी सङ्गठनले सयुक्त रुपमा मन्त्रालयमा आज मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले नीजि विद्यालय र कलेजले अनलाइन कक्षाका नाममा गैरकानूनीरुपमा चर्को शुल्क उठाइरहेकाले त्यस्तो शुल्क उठाउन बन्द गर्नसमेत आग्रह गरेको अनेरास्ववियूका नेता आरसी लामिछानेले जानकारी दिए ।

ज्ञापनपत्रमा विद्यार्थी सङ्गठनले सरकारले भर्ना गर्ने सार्वजनिक गरेको मितिदेखि मात्रै तोकिएको शिक्षण शुल्क लिन पाउने व्यवस्था गर्न माग गरेका छन् । यस्तै कोरोना भाइरस (कोभिड–१९)का कारणले अलपत्र परेका विद्यार्थीलाई जिविकोपार्जन र कोठाभाडाको सन्र्दभमा तत्काल राहत प्याकेज घोषणा गर्न माग गरिएको छ ।

यसैगरी पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वनलगायत विश्वविद्यालयमा पदाधिकारी नहुँदा सम्पूर्ण काम अस्तव्यस्त भएकाले ती विश्वविद्यालयमा दलिय भागबन्डा नगरी खुला प्रतिस्पर्धाका आधारमा तत्काल पदाधिकारी नियुक्ति गर्न माग गरिएको छ ।

सरकारी छात्रवृति दोब्बर गरी वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाइ पारदर्शी ढङ्गले कार्यान्वयन गर्न, अन्य विषयमा उत्र्तिण गरेका तर गणितमा डी ग्रेड ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुने व्यवस्था गर्न, कक्षा ११ को भर्नामा मनपरी शुल्क असुल बन्द गर्नसमेत ज्ञापन पत्रमा उल्लेख छ ।

यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले प्रवेश परीक्षा नलिइ जीपीएका आधारमा भर्ना गर्ने सूचना जारी गरेको र त्यसबाट सरकारी विद्यालयका विद्यार्थी भर्नाबाट बञ्चित हुने देखिएकाले सरकारी विद्यालयका ८० प्रतिशत र निजी विद्यालयका २० प्रतिशत विद्यार्थी भर्ना लिने व्यवस्था गर्न माग गरेको छ ।

शैक्षिक संस्थामा बनाइएका सम्पूर्ण क्वारेन्टिन हटाउन, शैक्षिकशत्र खेर नजाने गरी पाठनपाठनको योजना बनाइ कक्षा सञ्चालनको वातावरण बनाउन, कक्षा १२, क्याम्पस र विश्वविद्यालय तहका रोकिएका, नियमित तथा आंशिक परीक्षा सञ्चालनको ठोस मापदण्ड बनाइ क्रमशः तथा अन्तिम सेमेष्टरको परीक्षा सञ्चालन गर्नसमेत माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले गुणस्तरिय शिक्षा बनाउनका लागि सरकार लागेको उल्लेख गर्दै गुणस्तरिय शिक्षा कस्तो बनाउने भन्नेमा प्रतिवेदन तयार भइरहेको जानकारी दिए । ज्ञापनपत्र बुझाउन अनेरास्ववियूका संयोजक ऐन महर, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाल, अखिल (छैठौँ)का अध्यक्ष विमल पोखरेल, अखिल (पाँचौ)का अध्यक्ष घनश्याम मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठलगायत १३ विद्यार्थी सङगठनका अध्यक्षको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ३९ बजे

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर