संविधान दिवसको अवसरमा ओमानस्थित नेपाली दूतावासद्वारा भर्चुअल अन्तर्क्रिया | Khabarhub Khabarhub

संविधान दिवसको अवसरमा ओमानस्थित नेपाली दूतावासद्वारा भर्चुअल अन्तर्क्रिया

नेपाली गायिका खत्रीले गाइन ओमानी गीत



दोहा- ओमानस्थित नेपाली दूतावासले नेपालको पाचौँ संविधान दिवसका अवसरमा समाजसेवी, नेपाली कलाकारलगायतसँग भर्चुअल अन्तर्क्रिया गरेको छ ।

कार्यक्रमका सहभागीहरूले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस संविधानले सम्पूर्ण नेपालीहरूको आत्मसम्मान तथा भावनाको सम्बोधन गरेको विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपालबाट सहभागी कलाकारहरूले संविधानलाई केन्द्रमा राखेर मन्तव्य तथा आ-आफ्नो प्रस्तुति दिएको ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले जानकारी दिइन् ।

कार्यक्रमको शुरुमा सम्बोधन गर्दै हास्य कलाकार मदन कृष्ण श्रेष्ठले संविधानको भावना बमोजिम काम गर्दै अगाडि बढ्न सकेमा नेपालीहरूले चाहेको समृद्ध नेपालको लक्ष्य चाँडै प्राप्त हुने धारणा राखेका थिए ।

कार्यक्रममा वरिष्ठ हास्यव्यंगकार लक्ष्मण गाम्नागे र चर्चित कलाकार जीतु नेपालले आफ्नो प्रस्तुतिमार्फत संविधान दिवस एवम् राष्ट्रिय दिवसको शुभकामना सन्देश दिएका थिए ।

दूतावासका द्बितीय सचिव सोमेश थापाले संयोजन गरेको उक्त कार्यक्रममा राजदूत पराजुली ढकालले संविधान दिवस तथा राष्ट्रिय दिवसको सन्दर्भमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना तथा अतिथिहरूलाई समयको लागि विशेष धन्यवाद दिइन् ।

सो कार्यक्रममा ओमानी गायक हाइथम मोहम्मद रफिकले नेपाली गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएकी थिइन भने नेपाली गायिका सरस्वती खत्रीले ओमानी गित गाएर ओमानप्रतिको सम्मान व्यक्त गरेकी थिइन् ।

ओमान तथा नेपालको राष्ट्रिय गानबाट शुरू भएको उक्त कार्यक्रममा नेपालबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्य कलाकार जीतु नेपाल, सुर सुधा सांगीतिक समूहकी कलाकार सरस्वती खत्री, क्षमता विकास समाज नेपालकी कार्यकारी निर्देशक निर्मला ज्ञवालीको सहभागिता रहेको थियो ।

यसैगरी, सामाजिक अभियन्ता निगम हुमागाईँ र ओमानबाट नेपाल भ्रमण वर्ष २०२० का सद्‍भावना दूतहरू गायक हाइथम मोहम्मद रफी, सगरमाथा आरोही पहिलो ओमानी महिला नादिरा अल हार्थी तथा समाजसेवी डा. चिथ्रा नारायण लगायत एनआरएनएका प्रवक्ता डिबी क्षेत्री एवं नेपाली सोसल क्लब ओमानका अध्यक्ष सेवन्त पुर्जा र ओमानस्थित विभिन्न नेपाली संघ संस्थाका पदाधिकारीहरुले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : ०५ बजे

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको