ला लिगामा रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम « Khabarhub

ला लिगामा रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

शनिबार राति भएको खेलमा अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग मड्रिड आफ्नै घरेलु मैदानमा १–०  ले पराजित भएको हो ।

काडिजको जितका लागि इन्थोनी लोजानोले निर्णायक गोल गरे । उनले अल्भारो नग्रेदोको पासमा गोल गर्दै नवौं मिनेटमै कार्डिजलाई अग्रता दिलाएका थिए।

काडिजले रियल मड्रिडविरुद्ध १९९१ पछि अवे मैदानमा पहिलो पटक जित निकालेको हो । रियलले काडिजविरुद्ध २१ खेलमा एक खेल मात्र हारेको थियो । घरेलु मैदानमा १२ खेलयता अपराजित रहेको मड्रिड पहिलो पटक पराजित भएको हो ।

हारका बाबजुद रियल अंक तालिकाको शीर्षस्थानमा छ । उसले पाँच खेलबाट १० अंक बनाएको छ। विजयी कार्डिज पनि ६ खेलबाट १० अंक बनाएर तेस्रो स्थानमा छ।

 

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : ०० बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा