बार्सिलोनाको पहिलो हार, गेटाफेसँग पराजित « Khabarhub

बार्सिलोनाको पहिलो हार, गेटाफेसँग पराजित


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार ब्यहोरेको छ ।

शनिबार राति शीर्ष स्थानको रियल मड्रिड हार्दा बार्सिलोना पनि गेटाफेसंग १–० ले हारेको हो । गेटाफेका फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाविरुद्ध जित निकाल्न सफल भए ।

बार्सिलोनाका फ्रेन्की डी जोङले डिबक्सभित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो ।

बार्सिलोनाका लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलको अवसरहरु गुमाएका थिए ।

लिग तालिकाको दोस्रो स्थानमा रहेको गेटाफले शीर्ष स्थानको रियल मड्रिडको जति नै १० अंक जोडेको छ । बार्सिलोना भने ७ अंकसहित तालिकाको नवौं स्थानमा छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ७ : ४० बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा