म्यान्चेस्टर युनाइटेडको शानदार जित « Khabarhub

म्यान्चेस्टर युनाइटेडको शानदार जित


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार जित हात पारेको छ ।

शनिबार राति युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को जित दर्ता गरेको हो ।

लुकी शाको आत्मघाति गोलसंगै न्युक्यासलले खेलमा अग्रता बनाएको थियो ।

युनाइटेडका कप्तान ह्यारी मागुइरीले गोल गर्दै २३औं मिनेटमा खेल बराबरीमा ल्याए ।

खेलको अन्तिम समयमा मार्कुस रासफोर्डले उत्कृष्ट प्रदर्शन गरेपछि  युनाइटेडले फराकिलो जित निकाल्यो ।

रासफोर्डले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी छदाँ ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटमा विन विसाकाले रासफोर्डकै पासमा युनाइटेडलाई ३–१ ले अघि बढाए । इन्जुरी समयमा रासफोर्डलेनै गोल गर्दै युनाइटेडलाई ४–१ को शानदार जित दिलाए ।

अघिल्लो खेलमा टोटेनहमसंग ६–१ ले पराजित बनेपछि खेलमा फर्कन युनाइटेडलाई ठुलो जित आवश्यक देखिएको थियो ।

युनाइटेड लिगको सुरुवाती ४ खेलमा ६ अंक जोडेर १४औं स्थानमा छ । न्युक्यासल ५ खेलबाट ७ अंकसहित ११औं स्थानमा छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ११ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा