बाइस क्विन्टलभन्दा बढी मटर बरामद « Khabarhub

बाइस क्विन्टलभन्दा बढी मटर बरामद


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नेपालबाट भारततर्फ चोरी तस्करी गर्न लागिएको २२ क्विन्टल बढी मटर महोत्तरी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मनरासिस्वा नगरपालिका–१० मरुवाही गाउँमा सञ्चालित रामजानकी जेनरल स्टोर्सबाट ९० वटा बोरामा राखिएको २२ क्विन्टल ५०० किलोग्राम मटर बरामद गरिएको हो ।

ठूलो मात्रामा मटर तस्करी हुने योजना रहेको विशेष सुराकीको आधारमा प्रदेश नं २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले गएराति छापा मारेर मटर बरामद गरेको हो ।

बरामद मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : २५ बजे

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू

न्यूयोर्क– आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम