नेपाल–भारत सीमामा बिओपी उद्घाटन « Khabarhub

नेपाल–भारत सीमामा बिओपी उद्घाटन


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियासँग जोडिएको नेपाल–भारत सिमानामा सशस्त्र प्रहरी बलको बिओपीको उद्घाटन भएको छ ।

जिल्लामा हालसम्म ६ वटा बिओपी स्थापना भइसकेका छन् । लुम्बिनी प्रदेश सशस्त्र प्रहरी बलका बाहिनीपति डीआईजी किशोर प्रधानले मधुवन नगरपालिका–३ भगरैयामा बिओपीको उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी बल ३१ नम्बर गण अन्तर्गत भगरैयामा करिब १५ कट्ठा वन क्षेत्रको जग्गाको बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको टोली तैनाथ हुने सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर राउतले बताए ।

नेपाल भारत सीमाको घना जंगलमा स्थापना भएको यस बिओपीले सिमानामा हुने आपराधिक गतिविधि नियन्त्रण, जंगली जनावरबाट स्थानीयबासीको धनजन रक्षा गर्ने र शान्ति सुरक्षामा खटिने डीआईजी प्रधानले जनाए ।

एक वर्षभित्र थप १९ वटा बिओपी स्थापना हुने भएको छ । ८३ किमी लामो नेपाल भारत सिमानामा करिब ३ किमी दूरीमा बिओपी स्थापना हुने छ । भारतीय सीमा ८० प्रतिशत घना जंगल छ । जिल्लामा मुख्यालय गुलरियासहित सात वटा सशस्त्र प्रहरीका युनिट सीमा र राजमार्गमा परिचालित छन् ।

फुटाहा, कालाबन्जर, कट्टी, धनौरा, राजापुरले सीमामा खटिएका छन् । सशस्त्रको, सानोश्री र कतरनियामा युनिटले पूर्वपश्चिम र हुलाकी सडकमा तैनाथ रहेको छ । सहायक प्रहरी उपरीक्षक राउतले बिओपी निर्माण भएपछि सिमा सुरक्षा, अपराधिक गतिविधि, तस्करी, लागूऔषध, हातहतियार ओसारपोसार लगायतका अपराध रोकिने बताए ।

बर्दियासँग जोडिएको भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्ला पर्दछ । सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीको २६ वटा युनिट तैनाथ छ । बर्दियासँग भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्ला ८३ किमीसम्म जोडिएको छ । २० वटा युनिट निर्माण भएपछि सीमा सुरक्षामा थप कडाइ हुने बताइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ३ : ४५ बजे

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नेटोसँग क्रुद्ध ट्रम्प भन्छन्- ‘बौलाहा राष्ट्र’ विरुद्ध कुनै सहयोग गरेनन्

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोविरुद्ध

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज