चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक « Khabarhub

चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।

बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वलाई दृष्टिगत गर्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले आफ्नो मातहतका ११ वटै जिल्लामा कात्तिक १ गतेदेखि लागू हुने गरी विस्तृत सुरक्षा योजना सार्वजनिक गरेको हो ।

योजनाको कार्यान्वयनको अवस्थालाई अनुगमन गर्न वरिष्ठ प्रहरी अधिकृतको संयोजकत्वमा समितिसमेत बनाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । सवारी दुर्घटना कम गरी सडकमा आवागमन सहज बनाउने मुख्य लक्ष्य राखिएको सो योजनाले सङ्क्रमणबाट बच्ने र बचाउने सम्बन्धमा सरकारबाट निर्दिष्ट मापदण्ड कार्यान्वयन गर्ने/गराउने उनले बताए ।

उक्त योजनाअन्तर्गत सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन गर्ने, सवारी साधन दुर्घटनालाई न्यून गर्ने, राजमार्गमा हुने सवारी साधन दुर्घटना कम गर्ने, मुख्य राजमार्गमा दुर्घटना भएमा कम्तीमा १० मिनेटभित्र ट्राफिक प्रहरी घटनास्थलमा पुग्ने, उद्धार र कारबाहीमा संलग्न हुनेलगायत विषय समेटिएको छ ।

शहरी तथा ग्रामीण सडकखण्डमा सवारी साधनको छतमा यात्रु चढेर यात्रा गर्ने, क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउनेलगायत गतिविधि नियन्त्रण गर्न थप जाँचको व्यवस्था गर्ने, सवारी साधनको कमी हुने अवस्था आएमा यातायात कम्पनीसँग समन्वय गरी थप सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाउने, सबै जिल्ला र प्रवेश नाकामा १९ यात्रु सहायता कक्षको स्थापना गरी यात्रुलाई सहजता कायम गर्ने लक्ष्य राखिएको छ ।

यात्रु सहायता कक्षमा ३८ ट्राफिक प्रहरी परिचालन गरिने कार्कीले जानकारी दिए । विपद् उद्धार कार्यमा परिचालन हुने गरी १२ समूह बनाई ५६ जना परिचालन गरिएको उनले उल्लेख गरे ।

सबै जिल्लामा २८५ ट्राफिक प्रहरी चाडपर्व सुरक्षाका लागि परिचालन गरिने कार्कीले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  २ : ५२ बजे

स्थानीय पाठ्यक्रममा देवघाटधामको पहिचान र संस्कृति समेटियो 

तनहुँ– देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा– प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ– सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट