कैलालीमा प्रहरीको हत्या, शव मोहना नदीमा भेटियो  « Khabarhub

कैलालीमा प्रहरीको हत्या, शव मोहना नदीमा भेटियो 


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलालीमा तस्कर समूहले एक जना प्रहरीको हत्या गरेका छन् ।

गएराति धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या भएको हो ।

उनको शव मोहना नदीमा भेटिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले उक्त शव असई गोविन्द विकको भएको पुष्टि गरे । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको उनले बताए ।

उनीसँगै ड्युटीमा खटिएका प्रहरी जवान रामबहादुर साउँद भने फेला परेका छैनन् । उनले प्रयोग गर्ने गरेको मोबाइल भने प्रहरीले फेला पारेको छ ।

तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ३ : ५७ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको