कांग्रेस सांसद थापाले गरे दशैं भत्ता फिर्ता « Khabarhub

कांग्रेस सांसद थापाले गरे दशैं भत्ता फिर्ता


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस सांसद गगन थापाले दशैंभत्ता वापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका छन् ।

सांसद थापाले आज दशैंभत्ताबापत सचिवालयले दिएको रकम नगद नै लेखा शाखामा फिर्ता गरेका हुन् ।

कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनले बताए ।

सांसद थापाले आफूलाई थाहा नै नदिई दशैंभत्ता दिएको भन्दै फिर्ता लैजान समेत पत्रमार्फत आग्रह गरेका थिए ।

सांसद थापा कोरोनाका कारण अहिले होम आइशोलेसनमा छन् । उनले सचिवालयमार्फत रकम फिर्ता गरेका हुन् ।

थापाको पत्र यस्तो छ

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ५ : ४२ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको