५० प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

५० प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- अबदेखि सबै सरकारी अस्पताल निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले आफ्नो अस्पतालमा भएको कुल शय्याको ५० प्रतिशत बेड कोभिडका बिरामीका लागि छुट्याउन सरकारले निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियु लगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि आजकै मिति देखि छुट्याउन भनेको हो।

कोभिड सम्बन्धि नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले यो निर्णय सरकारी अस्पतालका हकमा पनि लागू हुने जानकारी दिए ।

यसअघि निजी सहकारी र सामुदायिकमा २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या छुट्याउनु पर्ने व्यवस्था थियो। मन्त्रालयले उक्त निर्णय परिवर्तन गर्दै ५० प्रतिशत पुर्‍याएको हो।

लक्षण सहितका संक्रमित बढ्दै गए पछि सरकारले देशभरका सबै प्रकारका अस्पतालहरुलाई कोभिडको उपचारको लागि अस्पतालको ५० प्रतिशत शैया छुट्याउन निर्देशन दिएको बताइएको छ।

साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका सम्बन्धमा केही अन्य निर्णयहरु पनि गरेको छ।

कोभिड १९ को उपचारका लागि रेमडिसिभर औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिडको रुपमा सूचीकृत अस्पतालहरुको फार्मेसीबाट बिक्री वितरण गर्ने व्यवस्था।

गत असोज १९ गतेको सरकारको निर्णयअनुसार कोभिड १९ को उपचार तथा परीक्षण सम्बन्धमा देहायबमोजिम निर्णय भएको छ।

आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रभागमा रहेका स्वास्थकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण वा देखिएका परीक्षण निशुल्क गरिने छ।

तर उल्लिखित व्यक्तिले बिमा गरेको भए नजिकको उपचारमा लागेको र परीक्षणमा लागेको खर्च सरकारले त्यसैबाट बेहोर्ने बताएको छ। साथै अन्य सबै किसिमका व्यक्तिको परीक्षण र उपचार निजको आफ्नै खर्चमा हुने उनले बताए। साथै यो निर्णय आजै (कात्तिक २) बाटै लागु हुने पनि प्रवक्ता गाैतमले जानकारी दिए।

साथै चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सहयोगीहरु ७ दिनको ड्युटीपछि ७ दिन क्वारेन्टाइन बस्ने व्यवस्थालाई सरकारले केही फेरबदल गरेको बताएको छ।जसअनुसार अबदेखि त्यस्ता व्यक्तिहरुमा कोभिड १९ को संक्रमण देखिए मात्र क्वारेन्टाइन बस्नुपर्नेछ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ५ : ५३ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ