अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ? « Khabarhub

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग सदस्य विष्णु रिजालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणबारे सरकारी कि निजी भन्दै प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमार्फत रिजालले यस्तो प्रश्न गरेका हुन्। उनले अर्थमन्त्री वाग्लेको भारत भ्रमण सरकारी वा निजी कुन प्रकृतिको हो भन्ने स्पष्ट हुनुपर्ने बताए। उनले भ्रमण राष्ट्रको सम्बन्ध विस्तारका लागि भएको हो वा अर्थमन्त्रीको व्यक्तिगत सम्बन्ध विस्तारका लागि भन्ने प्रश्नसमेत गरे।

“अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बहुप्रचारित भारत भ्रमण सरकारी हो कि निजी हो? राष्ट्रको सम्बन्ध विस्तारका लागि हो कि उहाँको व्यक्तिगत सम्बन्ध विस्तारका लागि हो? भ्रमणका बारेमा नेपाल र भारत दुवै तर्फबाट औपचारिक रूपमा केही बताइएन,” रिजालले भनेका छन्।

सदस्य रिजालका अनुसार परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र दिल्लीस्थित नेपाली राजदूतावासका वेबसाइटमा भ्रमणसम्बन्धी कुनै वक्तव्य छैन। भारतीय विदेश मन्त्रालयले पनि औपचारिक वक्तव्य जारी नगरेको उनले बताएका छन्।

“परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र दिल्लीस्थित नेपाली राजदूतावास- कुनैको वेबसाइटमा पनि वक्तव्य छैन। भारतीय विदेश मन्त्रालयले पनि औपचारिक वक्तव्य दिएको छैन,” उनले भने।

उनले भ्रमण आकस्मिक रूपमा आयोजना गरिएको र त्यसको तीव्र प्रचारप्रसार गरिएको टिप्पणी गरेका छन्। भारतमा सार्वजनिक व्यक्तित्व निर्माणका लागि वाग्लेका नयाँ–पुराना मित्र सक्रिय भएको देखिए पनि भ्रमणको औपचारिक कार्यसूची र उपलब्धिबारे भने जानकारी नपाइएको उनले बताएका छन्।

“आकस्मिक रूपमा आयोजना गरिएको, तीव्र प्रचारप्रसार गरिएको र भारतमा सार्वजनिक व्यक्तित्व निर्माण गर्न उहाँका नयाँ–पुराना सबै मित्रहरू मैदानमै जुटेको त देखियो तर भ्रमणको औपचारिक कार्यसूची र उपलब्धि के रहेछ भन्ने देख्न, सुन्न वा पढ्न पाइएन,” उनले भने।

रिजालले भ्रमणको औपचारिक कार्यसूची र उपलब्धिबारे जानकारी सार्वजनिक गर्नुपर्ने आशय व्यक्त गर्दै व्यंग्यात्मक प्रश्नसमेत गरेका छन्, “कि ‘मुनरो डक्ट्रिन’ ले यस्ता विषयलाई राष्ट्रको संस्थागत स्मृतिमा औपचारिक रूपमा राख्न मिल्दैन भन्छ?”

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ९ : ०५ बजे

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।