कैलालीमा असई विकको हत्यामा संलग्न रहेको आशंकामा ११ जना पक्राउ « Khabarhub

कैलालीमा असई विकको हत्यामा संलग्न रहेको आशंकामा ११ जना पक्राउ


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

गएराति मोटरसाइकल गस्तीमा गएका असई विकको आज विहान कैलालीको मोहना नदीमा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा शंका लागेपछि ११ जनालाई नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

‘हामीले घटनामा संलग्न भएको आशंकामा ११ जनालाई पक्राउ गरेका हौं । अहिले अनुसन्धान भइरहेको छ,’ डीआईजी सुवेदीले भने ।

डीआईजी सुवेदीका अनुसार गएराति तस्कर समूहसँग मुठभेड भएको र उनीहरुले नै हत्या गरेर नदीमा फालेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीसँगै गएका अर्का प्रहरी जवान रामबहादुर साउद पनि सम्पर्क विहिन छन् । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : ०७ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको