कैलालीमा असई विकको हत्यामा संलग्न रहेको आशंकामा ११ जना पक्राउ « Khabarhub

कैलालीमा असई विकको हत्यामा संलग्न रहेको आशंकामा ११ जना पक्राउ


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

गएराति मोटरसाइकल गस्तीमा गएका असई विकको आज विहान कैलालीको मोहना नदीमा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा शंका लागेपछि ११ जनालाई नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

‘हामीले घटनामा संलग्न भएको आशंकामा ११ जनालाई पक्राउ गरेका हौं । अहिले अनुसन्धान भइरहेको छ,’ डीआईजी सुवेदीले भने ।

डीआईजी सुवेदीका अनुसार गएराति तस्कर समूहसँग मुठभेड भएको र उनीहरुले नै हत्या गरेर नदीमा फालेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीसँगै गएका अर्का प्रहरी जवान रामबहादुर साउद पनि सम्पर्क विहिन छन् । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : ०७ बजे

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि

रुँदै रचनाले भनिन् : जेन-जी शहीदले न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन हिचकिचाउने छैन

काठमाडौं– रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष

हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै डुङ्गा क्लिनिक

नलबारी- भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका

पहिरोका कारण सर्लाही र सिन्धुली जोड्ने सडक अवरुद्ध

सर्लाही– सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण