काँग्रेस प्रमुख सचेतक खाँणले गरे दशैँ भत्ता फिर्ता « Khabarhub

काँग्रेस प्रमुख सचेतक खाँणले गरे दशैँ भत्ता फिर्ता


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दशैँ भत्ता फिर्ता गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै खाँणले दशैँ भत्ता फिर्ता गरेको जानकारी दिएका छन् ।

प्रमुख सचेतक खाँणले दशैँ भत्ता बापतको रकम जनहितमा खर्च गर्न आग्रह गर्दै भनेका छन्, ‘हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाई भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचित नभएकोले मलाई प्राप्त भएको दसैं भत्ता बापतको रकम संसद सचिवालय मार्फत जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने व्यहोरा जानकारी गराउँदछु ।’

साथै खाँणले उक्त रकम सरकारको कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई आग्रह गरेका छन् ।

खाँणद्वारा जारी पत्र यस्तो छ

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ७ : १३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि