नेपाल बैंकद्वारा ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान « Khabarhub

नेपाल बैंकद्वारा ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८४औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ ।

बैंकले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यहि कार्तिक १ गते देखि निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो शेयर, सी आस्वा र भिसा डेविट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।

बैंकले वार्षिकोत्सवको शुभ–अवसरमा आफ्ना ग्राहकहरुमा अझ बढी अत्याधुनिक बैंकिङ्ग सेवा, सुविधाहरु प्रदान गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

बिक्रम संम्वत् १९९४ कात्तिक ३० गते लक्ष्मीपूजाको दिन बैंकको स्थापना भएको हो ।

देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टरमार्फत देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ०१ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष