लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुई पक्राउ « Khabarhub

लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुई पक्राउ


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का प्रदीप खटिक र १६ जयसपुरकी २१ वर्षीया निशा खानलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

खटिकलाई नेपालगञ्ज– १४ उदयपुरबाट चार ग्राम र जयसपुरका बिलेदार खानकी २१ वर्षीया छोरी निशालाई भारतबाट नेपाल ल्याउँदै गरेका अवस्थामा १४ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सादा पोशाकमा रहेका प्रहरी नायब निरीक्षक बमबहादुर रावलको नेतृत्वमा खटिएको टोली र लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक प्रेमबहादुर अधिकारीसहितको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ७ : ३३ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको