नेकपा विवादको मध्यस्थतामा चिनियाँ राजदूत यान्छी सक्रिय « Khabarhub

नेकपा विवादको मध्यस्थतामा चिनियाँ राजदूत यान्छी सक्रिय

प्रधानमन्त्री ओलीसँग दुई घण्टा छलफल


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फुटनजिक पुगेको भनिएको नेकपा विवाद मत्थर पार्न फेरि चिनियाँ राजदूत सक्रिय भएकी छन् ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेपालस्थित चिनयाँ राजदूत होउ यान्छीले विगतमा झैँ फेरि सक्रियता बढाएकी छन् ।

राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री  ओलीलाई बालुवाटारमा भेटेकी छन् । राति आठ बजेर दश मिनेट जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको यान्छीले दुई घण्टा ओलीसँग भेटवार्ता गरेको सुरक्षा स्रोतले जनाएको छ ।

भेटमा यान्छीले विवाद मिलाएर अघि बढ्न सुझाव दिएलगत्तै उक्त सन्देश लिएर प्रधानमन्त्री ओली राति नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।

चिनियाँ राजदूतसंगको भेटघाट सकिएलगत्तै प्रधानमन्त्री रास्ट्रपति भेट्न शीतल निवास पुगेका थिए ।

यसअघि असार र बैशाखमा पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छी सक्रिय भएकी थिइन्।

प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुबैबाट हट्नु पर्ने आशयसहितको राजनीतिक दस्तावेज नै सचिवालय बैठकमा पेस भएपछि चिनियाँ राजदूत यान्छीले फेरि सक्रियता जनाएकी हुन् ।

यसअघि विवाद उत्कर्षमा पुग्दा पनि ओलीको राजीनामा  मागिएको थियो । त्यसबेला पनि यान्छी सक्रिय भएकी थिइन् ।

१७ वैशाखमा नेकपा सचिवालय बैठकमा प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । त्यसबेला राजदूत यान्छीले राष्ट्रपति भण्डारी, ओली, प्रचण्ड, खनाल र नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् ।

१८ वैशाखमा प्रधानमन्त्री ओलीसँग भेट गरकी राजदूत यान्छीले अर्को दिन प्रचण्ड र नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन् ।

असार तेस्रो साता पनि नेकपामा नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि यान्छीले ओली, प्रचण्ड, नेपाल र खनाललाई भेटेकी थिइन् । ती भेटवार्तामा यान्छीले दबाब दिएपछि प्रचण्ड र नेपालले ओलीको राजीनामा लगायतका एजेण्डा स्थगित गरेका थिए ।

नेकपाको आन्तरिक विवादमा चिनियाँ पक्षले हस्तक्षेप गरेको भन्दै सो बेला चर्को आलोचना पनि भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ७ : २३ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र