राजा हरिश्चन्द्र जसले श्रीमती र छोरालाई किन बेचे ? « Khabarhub

राजा हरिश्चन्द्र जसले श्रीमती र छोरालाई किन बेचे ?


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भगवान श्रीरामको वंशमा हरिश्चन्द्र नामका एक राजा थिए । उनी आफ्नो सत्यनिष्ठा र इमान्दारीताका कारण प्रख्यात थिए । एक पटक देवताहरुले उनीमाथि परीक्षा लिने सोचे ।

योजना अनुसार राजाले स्वप्नमा ऋषि विश्वामित्रले आफ्नो सारा राजपाट दान गरेको देखे । त्यसको भोलिपल्ट राजा सबै राजपाट छोडेर निस्किन लागेका थिए ।

त्यहि बेला विश्वामित्रले दक्षिणास्वरुप ५०० स्वर्ण मुद्रा मागे । त्यसपछि राजाले भने ५ सय किन रु तपाई जति चाहानुहुन्छ त्यति लिनूहोस् ।

त्यसपछि विश्वामित्रले भने राजपाट दान गरिसकेपछि सबै राजकोष मेरो भइसक्यो, मलाई तपाइँले दिने छुट्टै दक्षिणा दिनुहोस् ।

किन बेचे श्रीमती र छोरो ?

आफ्नो बचन पूरा गर्न उनले आफ्नी श्रीमती र छोरालाई बेचे । तर पनि उनले ५ सय स्वर्ण मुद्रा पाएनन् । उनले स्वयंलाई बेचे र सबै मुद्रा विश्वामित्रलाई दिए । उनले आफूलाई श्मशान घाटमा काम गर्नेलाई बेचेका थिए ।

त्यसपछि उनी त्यही क्षेत्रमा काममा लागे । समय बित्दै गर्दा उनको छोराको मृत्यु भयो । उनकी श्रीमती छोराको शव लिएर घाटमा पुगिन् ।

त्यो बेला राजाले जलाउनको लागि कर मागे । महिलासँग कर तिर्ने पैसा भएन । त्यसपपछि त्यहाँ पनि उनी सत्यको बाटोमा देखिएपछि भगवान स्वयं प्रकट भएर उनलाई इतिहासमा अमर रहने वरदान दिएका थिए ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : ४७ बजे

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको