विष्णु पुराण : महिला र पुरुषले गर्न हुँदैन यी ४ काम « Khabarhub

विष्णु पुराण : महिला र पुरुषले गर्न हुँदैन यी ४ काम


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विष्णु पुराणमा विभिन्न शास्त्रीय महत्व र मानिसले पालना गर्नुपर्ने नियमको बारेमा बताइएको छ ।

विष्णु पुराणमा भूगोल, कर्मकाण्ड, ज्योतिष, राजवंश र भगवान श्रीकृष्णको चरित्रको बारेमा वर्णन गरिएको छ । जो मानिस सुखी जीवन बिताउन चाहान्छ, त्यसले विष्णु पुराणका यी नियम जान्नै पर्ने हुन्छ ।

१. निरोगी तथा राम्रो बनिराख्नका लागि हरेक दिन विहा नुहाउनुपर्दछ । यदि नुहाएको बेला दिमागमा केहि कुरा आयो भने शुभ फल प्राप्त हुन्छ ।

विहानै उठेर सूर्य उदय हुनुभन्दा पहिला ताराहरुको छाया हेर्दै नुहाएमा अलक्ष्मी, समस्या र नराम्रो शक्ति नष्ट भएर जान्छ ।

नुहाउने समयमा गुरु मन्त्र, स्तोत्र तथा श्लोकहरु वा भगवानको नाम लियो भने पनि अक्षय पुण्यको लाभ हुन्छ । तर धेरैबेरसम्म नुहाउँदा भने स्वास्थ्यलाई हानी हुन्छ ।

२. साथै जीवनशैलीमा निन्द्रा राम्रो लिन आवश्यक छ । हरेक दिन ७ देखि ९ घण्टासम्म निदाउन आवश्यक हुन्छ । यदि राम्रो निन्द्रा पुगेन भने तपाई बिरामी हुनुहुनेछ ।

शास्त्रका अनुसार विहा छिटै उठ्ने र बेलुका चाँडै सुत्नुपर्दछ । तर शास्त्रले दिनमा सुत्नुलाई नराम्रो मान्ने गरेको छ ।

३. साथै विहानको समयमा श्रीमानश्रीमतीले शारीरिक सम्पर्क गर्न नहुने पनि शास्त्रमा उल्लेख छ । किनभने विहानको समयमा शारीरिक सम्बन्ध राख्दा विभिन्न रोगले सताउँदछ ।

४. सूर्योदय भन्दा पहिला उठ्नु स्वास्थ्यका लागि राम्रो मात्र होइन यसले जीवनमा समृद्धि पनि लिएर आउँछ । विहान धेरै समय सुत्दा तपाईलाई विभिन्न रोगले सताउँछ । साथै लक्ष्मी पनि तपाईसँग रुष्ट हुन्छिन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ७ : ५३ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत