नेकपा विवाद उत्कर्षमा पुगेका बेला योगेशले लेखे – सर्वाधिक कठिन समय « Khabarhub

नेकपा विवाद उत्कर्षमा पुगेका बेला योगेशले लेखे – सर्वाधिक कठिन समय


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यतिबेला नेकपा सर्वाधिक कठिन समयमा पुगेको बताएका छन् ।

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला मन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले अहिले देखिएको नेकपा विवादलाई विश्लेषण गर्दै लेखेका छन् – सर्वाधिक कठिन समय ।

भट्टराईको टिप्पणीलाई अर्थपूर्ण ढंगले हेरिएको छ । नेकपाभित्र विवाद बढिरहेका बेला भट्टराईले चिन्ता व्यक्त गरेका हुन् । उनले पछिल्लो समय देखिएको विवादलाई सबैभन्दा कठिन समय भनेका छन् ।

यसअघि पनि पटकपटक नेकपाभित्र विवाद चर्किने गरेको थियो । तर, यसपटकको विवादलाई भट्टराईले सर्वाधिक कठिन समयका रुपमा अर्थ्याएका हुन् ।

गत शुक्रवारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले फरक राजनीतिक प्रतिवेदन र अध्यक्ष ओलीलाई सम्वोधन गर्दै ७ पेज लामो पत्र बुझाएपछि नेकपा विवाद जटिल मोडमा पुगेको देखिएको छ ।

प्रचण्डले पेश गरेका प्रस्ताव अव्यवहारिक र असान्दर्भिक भएको भन्दै ओली पक्षका नेताहरूले असहमति जनाउँदै आएका छन् । प्रचण्डले पेश गरेका प्रस्ताव फिर्ता नगर्दासम्म कुनै कमिटीको बैठक बस्न नसक्ने उनीहरूले बताउँदै आएका छन् ।

यता प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ समूहले सो पत्र आफूहरुको सामूहिक भन्दै फिर्ता नगर्ने बताएका छन् ।

आज बस्ने सचिवालय बैठकमा यसले प्रभाव पार्न सक्ने पनि बताइएको छ । बैठक बोलाउन माग गर्दै सचिवालयका बहुमत सदस्यले कात्तिक २२ गते लिखित पत्र दिएपछि कात्तिक २८ मा सचिवालय बैठक बसेको थियो ।

शुक्रवार केहीबेरका लागि बसेर सचिवालय बैठक बुधवार सम्मका लागि स्थगित भएको थियो । नेकपाभित्र राजदूत सिफारिस, मन्त्रिपरिषद् विस्तारलाई लिएर नेकपामा विवाद चुलिँदै आएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : ३० बजे

बराम जातिको विशेष वा स्वायत्त क्षेत्र सुनिश्चित नगरेसम्म मत नदिने संघको घोषणा

काठमाडौं– नेपाल बराम संघले बराम जातिको थातथलोलाई समेटेर विशेष, संरक्षित

काठमाडौं महानगरका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा

जेन-जीका नाममा लुटिएको पेस्तोल कुखुराको खोरमा भेटियो, एकजना पक्राउ, अर्का युवा फरार

झापा– गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा लुटिएको पेस्तोल,

जेनेभामा अमेरिका–इरान आणविक संवाद

एजेन्सी– मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य

उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना

काठमाडौं– सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं